गठबन्धनका कारण देशको अर्थतन्त्र ध्वस्त भयो : ओली

२६ चैत, धादिङ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण ध्वस्त भएको देशको अर्थतन्त्र आफ्नो पार्टी मात्रै सुधार्न सक्ने दाबी गरेका छन् ।
एमालेको नेतृत्वमा सरकार रहँदासम्म आर्थिक विकास उल्लेख्य रुपमा भइरहेको अवस्थामा गठबन्धनको नेतृत्वमा सरकार बनेपछि देशको अर्थतन्त्र संटकग्रस्थ बनेको उनले बताए । उनले अब एमालेको सरकार बनेपछि मात्रै अर्थतन्त्र सुधार हुने दाबी गरे । देशको अर्थतन्त्र धान्न नसक्ने अवस्थामा पुगिसकेको बताउँदै अध्यक्ष ओलीले रुविभ्याली जस्तो पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनमा ध्यान दिन सके आर्थिक अवस्थामा सुधार आउने बताए ।
नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुविभ्यालीमा आयोजित जनसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुविभ्यालीबारेमा सुनेको स्मरण समेत गरे ।
पहिलो पटक रुविभ्यालीमा पाइला टेकेको भए पनि रुविभ्यालीमा आइने पत्थरहरुको विशेषताको बारेमा व्याख्या गर्दै रुविभ्यालीमा पाइने रुवि ढुंगा, सिलाजित लगायतका बहुमुल्य पत्थरहरु संकलन गरेर सुरक्षित राखिरहेको बताए । यस्ता बहुमूल्य पत्थरहरु र खनिजपदार्थ पाइने ठाउँको विकास गर्न सरकारमार्फत आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने उनले बताए ।
धादिङबेँसीदेखि रुविभ्यालीसम्मको बाटोलाई डबल लेनसहित स्तरउन्नती गराउने कामलाई पहिलो प्राथमिकतामा राख्ने उनले बताए । रुविभ्यालीको सबैभन्दा चर्चित पर्यटकीयस्थल पाङसाङपाससम्म सडक सञ्जाल पुर्याउन सकिने र आफू त्यस क्षेत्रको विकासमा निरन्तर लागिरहने उनले बताए ।
नेपाल र चीनसँग जोड्ने सीमा पनि रुविभ्यालीमै पर्ने भएकोले यसले जनतालाई केरुङसम्म जाने, व्यवसाय सञ्चालन गर्ने नाकाको व्यवस्था मिलाउन पहल गर्ने उनले बताए । धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुविभ्यालीमा आयोजित जनसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न आइतबार हेलिकोप्टरमार्फत त्यहाँ पुगेका ओलीले रुविभ्यालीको पर्यटकीय स्थलहरूको पनि अवलोकन गरे ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply