ढाका कुमार प्रकरणको दोस्रो अडियो सार्वजनिक

२८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको प्रकरणको दोस्रो अडियो पनि सार्वजनिक भएको छ ।
दोस्रो अडियोमा आफूलाई ढाका कुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन सम्वाद छ । त्यसमा ती व्यक्तिले ढाका कुमारले भेट्न चाहेको भन्दै दुर्गा प्रसाईंसँग समय मागेका छन् ।
आफूलाई ढाका कुमारको भाइ भन्ने व्यक्तिले प्रसाईंलाई फोनमा भन्छन्, पार्टीले अब कारबाही गर्ने भयो । दाइ साधारण सदस्य पनि नरहने, सांसद पनि जाने भयो । ….दाइलाई फसाए । हजुरले यसो बुझ्दिनु पर्यो यो कुरालाई ।
त्यसपछि प्रसाईंले यसमा ढाका कुमारको नभइ रवि लामिछानेको दोष रहेको भन्दै ढाका कुमारलाई सहयोग गर्न तयार भएको बताउँछन् ।
त्यसपछि ढाका कुमारको भाइ बताउने व्यक्तिले भन्छन्, एकचोटि दाइले भेट्न खोज्नुभाथ्यो हजुरलाई, कता हुनुहुन्छ होला ?
प्रसाईं भन्छन्- म आज वीरगञ्जको कार्यक्रममा छु । भरे बेलुका भेट्न भन्दिनुहोला नि त ल ।
आफूलाई ढाका कुमारको भाइ भनेर चिनाएका ती व्यक्तिले ‘दाइले एकचोटि कुरा गर् न त’ भनेर भनेकाले आफूले फोन गरेको प्रसाईंलाई बताउँछन् ।
कपुरबोट डटकमको युट्युब च्यानलबाट सार्वजनिक भएको यो सम्वादमा आफूलाई ढाका कुमारको भाइ भन्ने व्यक्तिले दुर्गा प्रसाईंलाई गरेको फोनको नम्बर नै देखाइएको छ ।
साथै अर्को एक क्लिपमा दुर्गा प्रसाईंका सहयोगी यदु गौतमसँगको फोन सम्वाद पनि छ । गौतमलाई फोन गर्ने व्यक्तिले दुर्गा प्रसाईंले अडियो प्रकरणबारे सकारात्मक कुरा बोलिदिए हुन्थ्यो भन्ने अपेक्षा गरेका छन् । त्यसका लागि यदु गौतमबाट मध्यस्थताको अपेक्षा पनि गरेका छन् । मध्यस्थताको अपेक्षा गर्दै गौतमलाई फोन गर्ने व्यक्ति ढाका कुमार श्रेष्ठ भएको दाबी कपुरबोटले गरेको छ ।
यसअघिको अडियोमा ढाका कुमार श्रेष्ठ भनिएका व्यक्तिले आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनु पर्ने भन्दै दुर्गा प्रसाईंसँग रकम मागेको कुराकानी छ । उक्त अडियो सार्वजनिक भएलगत्तै रास्वपाले ढाका कुमारलाई पार्टीबाट निलम्बन गर्दै छानबिन सुरु गरेको जनाएको छ ।
ढाका कुमारले भने त्यो अभिव्यक्ति आफ्नो नभएको भन्दै अडियो सम्पादन गरिएको र आफूलाई फसाउन खोजिएको जिकीर गरेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply