ढाकाकुमार श्रेष्ठका विषयमा निर्णय लिन रास्वपाको वैठक बस्दै

२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (बुधबार) बस्दैछ । बैठक बिहान केन्द्रीय पार्टी कार्यालयमा बस्न लागेको बताइएको छ ।
व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि विवादमा तानिएका रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठबारे निर्णय गर्न पार्टीको बैठक बस्न लागेको हो । लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई स्पष्टीकरण सोधेको थियो ।
उनले पठाएको स्पष्टीकरण अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गरेका छन् । उनले अडिओको आवाज सम्पादन गरिएको उल्लेख गरेका छन् । झण्डै एक घण्टा लिइएको बयानमा सांसद श्रेष्ठले आफूलाई फसाउन षड्यन्त्र भएको बताउँदै समस्यामा परेका बेला पार्टीभित्रैबाट एकल्याउने काम भए ‘कोर’ टिमका विषयमा बोल्न वाध्य हुने धम्की दिएको रास्वपाका एक नेताले बताएका छन् ।
यसअघि मंगलबार रास्वपाको अनुशासन आयोगको बैठक बसेको थियो । समितिले मंगलबार नै पार्टी सभापति रवि लामिछानेलाई अडियोसम्बन्धी प्रतिवेदन बुझाएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply