दुई करोड मागेको अडियो ढाकाकुमारकै भएको अनुशासन आयोगको ठहर

२९ चैत,काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो सांसद ढाकाकुमार श्रेष्ठकै भएको राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले ठहर गरेको छ ।
अडियो सार्वजनिक भएसँगै अनुशासन आयोगले छानबिन थालेको थियो । अडियो श्रेष्ठकै भएको ठहर गर्दै आवश्यक कारबाही अगाडि बढाउने रास्वपाले तयारी गरेको छ । रास्वपाको आज केन्द्रीय समितिको बैठक बसेर थप निर्णय गर्ने रास्वपाले जनाएको छ । श्रेष्ठले भने उक्त अडियो आफ्नो नभएको दाबी गर्दै इडिट गरिएको बताउँदै आएका थिए । पार्टी सभापति रवि लामिछानेलाई इमेलमार्फत मंगलबार तीन पन्ने प्रतिवेदन बुझाएको समितिका पदाधिकारीले आज केन्द्रीय समिति बैठकमा ‘ब्रिफिङ’ पनि गर्दै छन् ।
हामीलाई केन्द्रीय समितिमा पनि ब्रिफिङ गर्न भनिएको छ । प्रतिवेदनका बारेमा त्यहाँ पनि हाम्रातर्फबाट ब्रिफिङ हुनेछ, अनुशासन समितिका एक सदस्यले भने, उहाँले प्रसाईंसँग आफूले कुरा नगरेको र त्यो अडियो पनि आफ्नो नभएको बताउनु भएको छ । तर, हाम्रो बुझाइमा प्रसाईंसँगको कुराकानीमा भएको अडियो उहाँको नै हो । अनुशासन समितिसँग सांसद श्रेष्ठले सहयोग मागेको र आफूलाई असहयोग गरे ‘कोर टिम’ प्रमाणसहित सार्वजनिक गर्ने धम्की दिएको विषय भने ती सदस्यले अस्वीकार गरे ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply