सिरहा अस्पतालमा आगलागी, एक जनाको मृत्यु
२९ चैत, सिरहा । प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी भएको छ । आगलागीका कारण प्रादेशिक अस्पताल सिरहामा डायालासिस गराइरहेका एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा सिरहाको बरियारपट्टी गाउँपालिका– खोक्सीका ६५ वर्षीय प्रदीपकुमार दास छन् । डायालासिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएपछि वाडमा भागाभाग मच्चिएको थियो । त्यस क्रममा डायालासिस गराइरहेका दासलाई रगतको कमी भएकाले रगत चढाइएको थियो ।
आगलागी भएको जानकारी पाएपछि वार्डमा खटिएका स्वास्थ्यकर्मीले रगतको पाइप चुडाइदिएको र क्याब नलगाउँदा बिरामीको अत्याधिक रक्तश्राव भएको थियो । अत्याधिक रक्तश्रावका कारण गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको हो । आगलागीको समयमा आठ बिरामीले डायालासिस गराइरहेका थिए ।
पहिलेदेखि सिकिस्त दासको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी अशोक सिंहले जानकारी दिएका छन् । अरु
वार्डमा पनि भर्ना भएका बिरामीहरुको भागभाग भएको थियो । डायालासिस, एचडियू, प्रसुति वार्डलगायतमा भर्ना भएका बिरामी आगलागीबाट बच्न बाहिर निस्किएका थिए । यतिबेला अस्पतालका मेसु डा. नागेन्द्रप्रसाद यादव नेपाल बाहिर रहेको अस्पतालले जनाएको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply