सुरक्षा निकायलाई दबाव र चलखेलमुक्त बनाउँछु : गृहमन्त्री श्रेष्ठ

५ वैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई दबाव र चलखेलमुक्त बनाउने दावी गरेका छन् ।
आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबावबाट मुक्त राख्ने बताए । उनले अगाडि भने, अवाञ्छित चलखेलबाट मुक्त राखिन्छ ।
सुरक्षा निकाय राष्ट्रको गौरव हुुनुपर्ने भन्दै उनले सुरक्षा निकायमा निष्पक्षता कायम गर्ने बताए । सुरक्षा निकायमा काम गर्ने साथीहरुको मनोबल गिर्यो, ममाथि निष्पक्ष व्यवहार भएन भन्न पर्यो भने मनोबल उठ्दैन, उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने, त्यसकारण सिस्टम स्थापित गर्ने र निष्पक्षताका आधारमा पदस्थापन, बढुवा र सरुवा गरिन्छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर ब्याजपीडितलाई न्याय दिएरै छाड्ने पनि बताएका छन् । उनले पीडितहरूलाई न्याय दिन सरकार दृढतापूर्वक अगाडि बढिसकेको बताएका छन् । उनले पीडितलाई न्याय दिन कानुन संशोधनका कुरा र आयोगमार्फत् यथार्थ विवरण संकलन गर्ने बताए । ‘मिटर ब्याजपीडितलाई न्याय दिन हामी प्रतिबद्ध छौं । उहाँहरूको मागप्रति हामी सकारात्मक छौं । उहाँहरूले न्याय पाउनु पर्छ भनेरै विभिन्न पहलकदमी अगाडि बढाएका छौं उनले भने ।
उनले मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कानुन संशोधन गरी निर्माण पक्रिया अगाडि बढाएको बताए । उनले सरकारले गठन गरेको आयोग प्रतिवेदनमात्र बनाउन नबनेको प्रस्ट पारे । यो आयोग प्रतिवेदनमात्र बनाउने होइन । पीडित र पीडकको विवरण संकलन गरेर यथार्थ पता लगाउने हो। त्यहीअनुसार हामीले कारबाही प्रक्रिया अगाढि बढाउने हो, उनले भने । उनले पीडितसहितको संयन्त्र हरेक जिल्लामा बनाउने घोषणा समेत गरे ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply