एसीसी प्रिमियर कप : नेपाल र ओमान भिड्दै

८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत घरेलु टोली नेपालले आज शुक्रबार ओमानसँग प्रतिस्पर्धा गर्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ। च्याम्पियनसिपको उपाधि दाबेदार नेपाल, ओमानलाई हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ।
नेपाल आजको खेलमा विजयी भए समूह ए को विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्ने सम्भावना बलियो छ। नेपालसँगै ओमानलाई पनि उपाधि दाबेदार टोलीका रुपमा हेरिएको छ।
नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ। प्रशिक्षक मोन्टी देसाइले गुलसन झाको स्थानमा आज करण केसीलाइ मैदान उतार्ने सम्भावना छ। मलेसियासँगको पहिलो खेलमा अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल र करणलाई बेन्चमा राखेका थिए।
पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो।
नेपाल र ओमानबीचको यो खेलले एक दिवसीय मान्यतासमेत पाएको छ।
प्रतियोगिताका अन्य खेल ५० ओभरको मात्र भए पनि ओडीआई मान्यता प्राप्त गरेको थिएन। तर नेपाल र ओमान दुवै ओडीआई मान्यता प्राप्त देश रहेकाले आईसीसीले यो खेललाई एक दिवसीय मान्यता दिएको हो।
यो खेल नेपालको ५०औँ ओडीआई खेलसमेत हो।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply