ओमानविरुद्ध कुशलको अर्धशतक

८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको समूह ‘ए’ अन्तर्गत ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालका लागि कुशल मल्लले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जिशन मक्सुदले टस रोजेर फिल्डिङ रोजेपछि घरेलु टिम ब्याटिङमा उत्रिएको थियो । दुवै ओपनरलाई शून्यमा गुमाएर खराब सुरुआत गरेको नेपालका लागि कुशलले ३० बलमा ६ चौका र एक चौकासहित इनिङको पहिलो अर्धशतक बनाएका हुन् ।
उनीसँगै क्रिजमा रहेका आरिफ शेख ३८ बलमा २७ रन बनाएर खेलिरहेका छन् । यसअघि कप्तान रोहित पौडेल २४ तथा भीम सार्की ३३ रन बनाएर आउट भएका थिए । पहिलो खेलमा नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
नेपालले २९.३ ओभरमा चार विकेट गुमाएर एक सय ३७ रन बनाएको छ । ओमानका लागि विलाल खान, कलिमुल्लाह, जिशन मक्सुद र फयाज बटले एक–एक विकेट लिएका छन् । नेपालले तेस्रो खेल साउदी अरबविरुद्ध आगामी सोमबार मुलपानी क्रिकेट मैदानमा खेल्ने छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply