ईपीएसलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण : कोरिया जाने भाडा किन महँगो ?

८ वैशाख, काठमाडौं । नेपालबाट दक्षिण कोरिया जाने हवाई भाडा महँगो भएकोबारे श्रम मन्त्रालयले ईपीएस कोरियालाई स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कोरियन एयरलाइन्सले यात्रुसँग महँगो भाडा असुल गरिरहेको विषयमा श्रम मन्त्रालयमार्फत तीन दिनभित्र जवाफ दिन भनिएको जानकारी दिएका छन् ।
उनका अनुसार कोरियन एयरलाइन्सले अहिले यात्रुबाट एक लाख ८५ हजार रुपैयाँ लिइरहेको छ । जबकि ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्ने उनको भनाइ छ । मन्त्री किरातीका अनुसार ईपीएसबाट कोरियन एयरलाइन्सले कोरिया जाने टिकटको लागतबारे प्रश्न गरिएको छ । सो टिकटबाट प्रतिव्यक्ति कति नाफा आउँछ भनी प्रश्न गर्ने निर्णय भएको मन्त्री किरातीले जानकारी दिए ।
नाफा कति प्रतिशत बढाउन पाइने निर्णय छ ?, कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोके ?, समग्रमा अहिलेसम्मको टिकटको बजेट कति हुन आउँछ भन्नेबारे समेत प्रश्न सोधिने भएको छ । कोरिया जाने हवाई भाडा अत्यधकि भएको गुनासो यात्रुले गर्दै आएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply