प्रहरीलाई स्थानीयले ढुङ्गामुढा गरेपछि बलात्कार आरोपित हत्कडीसहित फरार

२५ वैशाख, कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–६ मा स्थानीयले ढुङ्गामुढा गर्दा प्रहरीसहित दुई जना घाइते भएका छन् ।
बलात्कार मुद्दामा अदालतबाट कुसर सजाय सुनाइएका फरार अभियुक्त घर आएको जानकारी पाएपछि प्रहरी प्रकाउ गर्न गएको थियो ।
पलाँता–४ को कयरदेवबाट प्रहरी सहायक निरीक्षक लक्ष्मीरुन्द्र रावलको नेतृत्वमा गएको टोलीमाथि स्थानीयले ढुङ्गामुढा गर्दा प्रहरी सहायक निरीक्षक रावल र प्रहरीलाई सहयोग गर्ने वडा–५ का धनमान विक घाइते भएका जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुबराज बमले जानकारी दिएका छन् ।
लुकीछिपी रहेको अवस्थामा प्रहरीले हतकडी लगाउन खोज्दा भेला भएका स्थानीयले ढुङ्गामुढा गर्दा रावलको टाउकोमा र विकको टाउको र खुट्टामा चोट लागेको छ । अभियुक्त हतकडीसहित फरार रहेका प्रहरीले जनाएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक बमले बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply