भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको जहाजमा समस्या , काठमाडौं नै फिर्ता
२८ वैशाख, काठमाडौँ । काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं नै फिर्ता ल्याइएको छ ।
आज बिहान भोजपुरको लागि उडेको नाइन एन एबीटी कल साइन रहेको ट्वीनअटरमा केही समस्या देखिएपछि काठमाडौं नै फिर्ता गरेर सुरक्षित अवतरण गरिएको नेपाल एयरलाइन्सले जनाएको छ । ट्वीनअटरको ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि उडेको केही समयमा नै फिर्ता गरिएको बताइएको छ ।
ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको हो, विमानस्थल स्रोतले भन्यो । जहाजमा देखिएको समस्या प्राविधिक जाँच गरेपछि मात्रै जानकारी हुने स्रोत बताउँछ ।
बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो । १६ जना यात्रु लिएर उडेको जहाज केही समयमै काठमाडौंमै अवतरण गराइएको थियो । नाइन एन एबीटी कल साइन रहेको जहाजको चेकजाँचपछि फेरि भोजपुर उडाउने तयारी छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply