एमाले केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफल
२९ वैशाख, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा आज (शुक्रबार) देखि पेस भएका प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ ।
बिहीबारको बैठकमा मिसन ग्रासरुट अभियानबारे प्रदेशगत रूपमा तयार पारिएका प्रतिवेदन प्रस्तुत गरिएको थियो । बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तथा चार निकाय र दुई गैरभौगोलिकसहित नौ प्रदेश कमिटीले मिसन ग्रासरुट अभियानसम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।
आज बिहान ८ बजेदेखि सरु हुने बैठकमा ती प्रतिवेदनहरुमाथि समूहगत छलफल सुरु हुने महासचिव शंकर पोखरेलले जानकारी दिए । प्रतिवेदनहरुमाथि बिहान ८ देखि १२ बजेसम्म आठ समूहमा छलफल गर्ने कार्यतालिका बनाइएको छ ।
समूहगत छलफल मिसन ग्रासरुट अभियानको निष्कर्षको आधारमा आगामी दिनमा कसरी कार्ययोजना बनाएर अघि बढ्ने भन्ने विषयमा केन्द्रित हुने महासचिव पोखरेलले जानकारी दिए ।
समूहगत छलफलपछि प्रदेश अध्यक्षहरुले सुझावहरु प्रस्तुत गर्ने छन् । त्यसका लागि हरेक अध्यक्षहरुलाई १० मिनेटको समय उपलब्ध गराइएको छ । ‘१० मिनेटको समयमा समूहगत छलफलबाट आएका कार्ययोजनाको प्रस्ताव प्रस्तुत गर्नु पर्नेछ,’ महासचिव पोखरेलले भने । त्यसपछि आजै स्थायी कमिटीको बैठक बस्ने छ ।
प्रदेश अध्यक्षहरुबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्नेछ । बाँकी रहेका प्रतिवेदन शुक्रबार (आज) नै प्रस्तुत गरिनेछ । प्रतिवेदन प्रस्तुत भएपछि समूह बनाएर छलफल गरिने एमालेले जनाएको छ । समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव प्रस्तुत गर्नेछन् । बिहीबारदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्नेछ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply