भन्ने छौं हामी बारम्बार ‘भ्रष्टाचारीलाई कारागार’ भन्दै माइतीघरमा प्रदर्शन

३० वैशाख,काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । नागरिक समाजले शरणार्थी प्रकरणका कुनै दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै प्रदर्शन गरेका हुन् ।
भ्रष्ट, नालायकहरूविरुद्ध सबै एकजुट हुने दिन आयो, पार्टी, संस्था, वादलाई आफैसँग राखेर राष्ट्रका लागि उत्रने बेला आयो भन्दै उनीहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरुले कुनै पनि दवावमा नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई मुक्त गर्न नहुने जनाएका छन् । प्रदर्शनसभा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुगेर ऐक्यवद्वता जनाएका थिए ।
उनले भ्रष्टाचार अब नेपाली जनताले नसहने भन्दै यसअघिको सबै भ्रष्टाचारको अनुसन्धान हुनुपर्ने बताए । त्यस्तै प्रदर्शनमा सहभागीहरुले टोपबहादुर हो कि टापबहादुर, सचिव-मन्त्री सोचेको तस्कर र बिचौलिया परेछ, देशमा अर्थतन्त्र मन्द छ, नेताहरुको भ्रष्टाचार धन्दा छ, भन्ने छौं हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार, लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply