१ जेष्ठ २०८०, सोमबार ०६:२४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सरकारी वकिलको कार्यालयमा खाँणको बयान सुरु
१ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल काठमाडौंमा लगिएको छ ।
आइतबार खाँणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप गरेको प्रहरीले सोमबार खाँणलाई बयानका लागि लगेको हो । सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र आरोपितहरुको अनुसन्धान प्रतिवेदन बुझाउन आइतबार निर्देशन दिएको थियो ।
पूर्वमन्त्री खाँणको बयान सुरु भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगी प्रकरणमा पूर्व गृहमन्त्री खाँणको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनी गत साता पक्राउ परेका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply