७ जेष्ठ २०८०, आईतवार ०८:४१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
शरणार्थी प्रकरणमा दोषीलाई उम्काइँदैछ, निर्दोषलाई फसाइँदैछ : ओली

७ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले सो प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयासबारे आफूसँग तथ्य प्रमाण रहेको उल्लेख गर्दै त्यसो नगर्न पनि सरकारलाई चेतावनी समेत दिए । आज (आइतबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो प्रकरणका दोषीलाई उम्काउने षडयन्त्र तत्काल बन्द गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
अध्यक्ष ओलीले सो प्रकरणको छानविनमा हस्तक्षेप नगर्न पनि सरकारलाई भने । अध्यक्ष ओलीले भ्रष्टाचारका सबै काण्डहरुको छानविनमा आफ्नो पार्टीले सरकारलाई पुरै सघाउने प्रतिवद्धता समेत व्यक्त गरे ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply