चीनले चन्द्रमामा पठायो पहिलो नागरिक अन्तरिक्ष यान

१६ जेठ, काठमाडौं । चीनले आफ्नो पहिलो मानव नागरिक अन्तरिक्ष यान चन्द्रमामा पठाएको छ।
स्थानीय समयअनुसार मंगलबार बिहान ९:३१ सेन्जो-१६ यानले पृथ्वी छाडेको हो। चीनको जिउक्वान भू-उपग्रह प्रक्षेपण केन्द्रमार्फत् चन्द्रमामा पठाइएको उक्त यानमा तीन सदस्यीय प्रतिनिधि मण्डल छन्।
अनुभवी कमाण्डर जिङ हाइपेङले नेतृत्व गरेको टोलीमा गुई हाईचाओ र झु याङझु रहेका छन्। विमान उडेको १९ मिनेटपछि चीनले प्रक्षेपण सफल भएको घोषणा गरेको छ।
चीनले सन् २०३० सम्म चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन थाल्ने योजना बनाएको छ। चीनले रूस र अमेरिकासँग प्रतिस्पर्धा गर्नेगरी चन्द्रमाको अन्वेषणमा अर्बौँ लगानी गरिरहेको छ।
चीनले चन्द्रमामा मानव बस्ती बसाल्नका लागि आधार निर्माण गर्ने योजना पनि बनाइरहेको छ। त्यहाँको राष्ट्रिय अन्तरिक्ष प्रशासनले सन् २०२९ सम्ममा मानवयुक्त चन्द्रयान प्रक्षेपण गर्ने लक्ष्य राखेको छ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply