भुटानी शरणार्थी प्रकरण : बहस सकियो, आजै थुनछेक आदेश आउने

१ असार,काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा भएको बहस सकिएपछि आज (शुक्रबार) नै थुनछेक आदेश आउने भएको छ ।
गत जेठ २१ गतेबाट जारी थुनछेक बहसमा सुरुमा वादी नेपाल सरकारका तर्फबाट बहस गरिएको थियो । तीन दिन नेपाल सरकारको तर्फबाट बहस गरिएपछि चौथो दिन वादीका तर्फबाछ स्वागत नेपाल, ध्रुवलाल श्रेष्ठ लगायत चार जना कानुन व्यवसायीले बहस गरेका थिए ।
वादीका तर्फबाट बहस गर्ने सरकारी वकिल र कानुन व्यवसायीहरुले प्रतिवादीहरुलाई बाहिर छाड्दा प्रमाण नष्ट गराउन सक्ने र जाहेरवालालाई नै खतरा भएको भन्दै उनीहरुलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने जिकिर लिएका थिए । त्यसपछि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुको बहस भएको थियो । कानुन व्यवसायीहरुले प्रतिवादीहरुलाई राज्यले नै फसाएको भन्दै उनीहरुले कुनै अपराध नगरेको र अपराध गरेको पुष्टि नहुने भन्दै साधारण तारेखमै छाड्न माग गरेका थिए ।
शुक्रबार सरकारी वकिलका तर्फबाट भएको जवाफी बहसमा सह न्यायाधिवक्ता अच्युतमणि नेउपाने, जिल्ला न्यायाधिवक्ताहरु महेश खत्री तथा लक्ष्मण घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनीले जावाफी बहस गर्दै प्रतिवादीहरुलाई थुनामै राख्नुपर्ने माग गरेका थिए । जाहेरवालाको तर्फबाट बहस गर्ने भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र ध्रुवलाल श्रेष्ठले पनि प्रतिवादीहरुलाई बाहिर छाड्दा झनै खतरा हुने र उनीहरुलाई हुने सजाय तीन वर्षभन्दा बढी हुने भएकाले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने जिकिर लिएका छन् ।
जवाफी बहस सकिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले घडी हेर्दै आदेशका लागि प्रयास गर्ने बताएर इजलासबाट निस्किएका छन् । शुक्रबार अबेरसम्म भएपनि आज नै थुनछेक आदेश आउने तयारी गरिएको छ । हालसम्म पक्राउ परेकामध्ये १८ जना प्रतिवादीहरुको थुनछेक बहस हुन लागेको हो । थुनछेक बहसबाट प्रतिवादीमध्ये को कसलाई पुर्पक्षका लागि थुनामा पठाउने, के कसलाई धरौटी लिएर छाड्ने वा के कसलाई साधारण तारेखमा छाड्ने भन्ने आदेश आउनेछ ।
पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरुको हकमा थुनामा राख्न पत्रसहित कारागार कार्यालयमा पठाइनेछ भने धरौटी माग गरिएकाहरुको हकमा धरौटी रकम बुझाएपछि थुनामुक्त भएर मुद्दाको पुर्पक्ष गर्न पाउनेछन् । साधारण तारेखमा रिहा हुने आदेश भएकाहरुको हकमा भने आदेश प्राप्त हुनेबित्तिकै रिहा हुनेछन् । वादी नेपाल सरकारले संगठित अपराधको कसुरमा समेत मुद्दा चलाएकाले संगठित अपराधमा सबै प्रतिवादीको दायित्व र अपराध बराबर हुने सिद्धान्त बमोजिम प्रत्यक्षरुपमा नजोडिएका बाहेक अन्य सबैको एकमा एकै प्रकृतिको आदेश आउने आंकलन गरिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply