१७ असार २०८०, आईतवार ११:३०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
विश्वकप प्लेअफ : यूएईले नेपाललाई दियो १८२ रनको लक्ष्य
![विश्वकप प्लेअफ : यूएईले नेपाललाई दियो १८२ रनको लक्ष्य विश्वकप प्लेअफ : यूएईले नेपाललाई दियो १८२ रनको लक्ष्य](https://ebudhabar.com/wp-content/uploads/2023/06/nepali-cricket-team-play_dzHhNecrd5-1024x571.jpg)
१७ असार, काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा यूएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ ।
हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा टस हारेर ब्याट्रिमा उत्रिएको यूएईले ४६ ओभर पाँच बलमा सबै विकेट गुमाएर १८१ रनको योगफल बनायो । उसका लागि कप्तान भ्रित्या अरविन्दले सर्वाधिक ४४ रन बनाए । राहन मुस्तफाले ३५ रन थपे ।
नेपालका सन्दीप लामिछानेले १० ओभर बलिङ गरेर तीन ओभर मेडन राख्दै २३ रन खर्चेर तीन विकेट लिए । करण केसीले आड ओभर पाँच बलमा ३६ रन खर्चेर तीन विकेट लिए । प्रतिश जीसी, गुल्सन झा र दिपेन्द्र ऐरीले एक एक विकेट लिए ।
यस खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply