यू-१६ इस्ट जोन कपको उपाधिका लागि नेपाल मलेसियासँग खेल्दै

१९ असार, काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले आज घरेलु टोद्यी मलेसियासँग खेल्दैछ ।
नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे बायुमास ओभलमा सुरु हुनेछ । खेल ३५ ओभरको हुनेछ ।
समूह ए बाटै नेपाल र मलेसिया दुई टोली फाइनलमा पुगेका हुन् । समूह ए मा दुवै खेल जितेर विजेता बनेको नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
अर्कोतर्फ घरेलु टोली मलेसियाले सेमिफाइनलमा समूह बी को विजेता हङकङलाई ७८ रनले हराएर नेपालसँगको भेट पक्का गर्यो ।
समूह चरणमा नेपालले मलेसियामाथि ८४ रनको फराकिलो जित निकालेको थियो ।
नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित छ भने मलेसिया नेपालसँग मात्र पराजित भएको थियो ।
मंगलबार फाइनल खलेन मैदान उत्रँदा नेपालको लक्ष्य जित यात्रालाई निरन्तरता दिँदै उपाधि उचाल्ने हुनेछ ।
उता मलेसिया नेपालसँग हारको बदला लिन चाहन्छ ।
प्रतियोगितामा धेरै रन बनाउनेको सूचीमा नेपालका दुई खेलाडी छन् । मलेसियाका कुनै पनि खेलाडी यो सूचीमा छैनन् । निरजकुमार यादवले एक अर्धशतकसहित १२४ रन बनाएका छन् र सर्वाधिक रन बनाउनेमा छैटौं स्थानमा छ । यस्तै सुर्यांशु कोइरालाले तीन खेलमा ११२ रन बनाएका छन् र नवौं स्थानमा छ । बलिङतर्फ नेपालका सन्तोष यादव र अशोक धामीले समान ८ विकेट लिएका छन् र सर्वाधिक विकेट लिनेमा तेस्रो र चौथो स्थानमा छन् । दुवैलाई फाइनलमा विकेट लिँदै सर्वाधिक विकेट लिने बलर बन्ने अवसर छ ।
मलेसियाका मुहमम्द अक्रमले पनि समान ८ विकेट नै लिएका छन् र उनी पाँचौ स्थानमा छन् ।
उमेर समूहको क्रिकेट नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
एसीसी यू-१६ इस्ट जोन मा पनि नेपालले उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्य राखेको छ र त्यो लक्ष्य पूरा हुनबाट नेपाल एक कमदम मात्र टाढा छ ।
एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।
नेपालले २०१७ मा रित गौतमको कप्तानीमा सिंगापुरलाई फाइनलमा हराएर उपाधि जितेको थियो भने २०१९ मा मलेसियालाई नै हराएर च्याम्पियन बनेको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply