हेलिकोप्टर दुर्घटनाका मृत्तक ६ जनाकै शव शिक्षण अस्पतालमा

२६ असार, । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेर आज ज्यान गुमाएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार साँझ शवहरु काठमाडौं ल्याइएको हो ।
मंगलबार बिहान १० बजेर ५ मिनेटमा सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ढल् ब्ःख् कलसाइन रहेको हेलिकोप्टर रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो । सो हेलिकोप्टर १० बजेर १३ मिनेटमा लुक्ला टावरमा अन्तिम पटक सम्पर्क भएको र त्उसपछि सम्पर्कमा आउन सकेको थिएन ।
पछि लिखुपिके गाउँपालिका–५को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनाग्रस्त हेलिकोप्टरबारे स्थानीयले खबर गरेका थिए । दुर्घटनामा परेको सो हेलिकोप्टरमा एक नेपाली पाइलट र पाँच मेक्सिकन यात्रु थिए । उनीहरु सबैको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा पाइलट चेतबहादुर गुरुङ छन् । त्यस्तै मेक्सिन यात्रुहरुमा सीफुन्टस जी फरान्डो, गोन्जालेज अर्बिक, गोन्जालेज ओलासियो लुज, सिफुन्टस जी मारिया जोस र रिनकोन स्माइल छन् । शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply