भलिबल टिमका कप्तान हरिहजुर थापा बर्खास्त

३१ असार, काठमाडौं । नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ ।
सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको हो ।
सोमबार आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । घटनापश्चात गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा संघले उनलाई कप्तानबाट हटाएको हो ।
‘उनीमा राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्न सक्ने क्षमता हामीले पाएनौं जसका कारण उनलाई पदबाट बर्खास्त गरिएको हो, भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।
महासचिव तथा प्रतियोगिता संयोजक समेत रहेका रोशन श्रेष्ठको संयोजकत्वमा गठन भएको छानविन समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन थिए ।
छानबिन समितिले खेलाडी, दर्शक र भलिबलमा संलग्नहरुको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापनमा समेत कडाइ गर्न भलिबल संघलाई सुझाव दिएको छ । श्रेष्ठले भने, ‘सहभागी क्लबका खेलाडीलाई अनुशासनमा राख्न अनुरोध गर्ने निर्णय गरेको छ ।
विवादित खेलका रेफ्री गरेका चित्र गुरुङ र अनिल रानालाई क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नदिने गरि कारबाही गरेको छ ।
छानबिन समितिले आर्मीका खेलाडी, टोली, उजुरी दिने दर्शक लगायतको बयान लिएको थियो । गण्डकी प्रदेशविरुद्ध तेस्रो सेटमा आर्मी २३–२४ को अवस्थामा थियो । रेफ्रीले चेकआउट हुँदा अंक आर्मीलाई दिएको भन्दै गण्डकीका खेलाडी असन्तुष्ट जनाएका थिए । सोही क्रममा खेल अनुशासन भन्दा बाहिरको कामहरु भएका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply