काठमाडौंका ५० बढी ठाउँमा आज ६ घण्टा विजुली नआउने

२ भदौ,काठमाडौं । काठमाडौं उपत्यकाका ५३ ठाउँमा आज (शनिबार) ६ घण्टासम्म विद्युत सेवा प्रभावित हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार, सबस्टेसन मर्मतका क्रममा उपत्यकाका विभिन्न ८ फिडरबाट ५० भन्दा बढी स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
प्राधिकरणका अनुसार सितापाइला फिडरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म सेवा अवरुद्ध हुनेछ । यस्तै बाफल फिडर, बलम्बु फिडर, खड्का गाउँ फिडर, हसनटार फिडर, कालीमाटी फिडर, कलंकी फिडर र रापेवे फिडरमा विद्युत सेवा बिहान १० देखि दिउँसो ३ बजेसम्म अवरुद्ध हुने छ ।
यी फिडरबाट वितरण भएको विद्युतको लाइन काटेर काम गर्नुपर्ने भएकाले यी फिडरको सेवा क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको हो । वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्तिका लागि सबै फिडरमा नियमित विद्युत् आपूर्तिको प्रयास गरिने पनि प्राधिकरणले जनाएको छ । निर्धारित समयअघि नै काम सकिएमा लाइन पुनः सुरु गरिने प्राधिकरणको भनाइ छ ।
हेर्नुस् सूचना
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply