राष्ट्रपतिद्वारा सर्वदलीय वैठक आह्वान

४ भदौ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार विहान ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट निरन्तर संसदमा अवरोध भएपछि राष्ट्रपतिले यस विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
मंगलबार बिहान साढे ८ बजेका लागि शीतल निवासमा सर्वदलीय बैठक आह्वान भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ । जसअनुसार बैठकमा प्रधानमन्त्री र सभामुखका साथै शीर्ष नेताहरु र प्रमुख सचेतक, सचेतकलगायतको सहभागिता रहनेछ । सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उच्चस्तरीय न्यायिक छलफल गठनको माग राख्दै गत साउन १० देखि संसद् बैठक अवरुद्ध पार्दै आएको छ । यो बीचमा विभिन्न तहमा छलफल भए पनि सहमति जुट्न नसकेपछि राष्ट्रपतिले अग्रसरता बढाएका हुन् ।
आजै मात्रै पनि प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा सर्वदलीय बैठक राखेका थिए । तर उक्त बैठक निष्कर्षविहीन सकिएको छ । आजै सभामुख देवराज घिमिरेले पनि सत्ता पक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरुसँग संसदको अवरोध खुलाउनेबारे छलफल गरेका थिए । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुनकाण्ड छानविनका लागि उच्चस्तरीय संसदीय समिति गठन हुनुपर्ने अडान कायम राखेपछि छलफल निष्कर्षविहीन बन्न पुगेको थियो । अब राष्ट्रपतिले अग्रसरता लिँदै दलका नेताहरुलाई शीतल निवासमा बोलाएर सहमतिको लागि आग्रह गर्ने बताइएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply