कोशीमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपाल हुन् : अध्यक्ष ओली
७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशीमा जातीयताको नाममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले उत्पात मच्चाएको आरोप लगाएका छन् ।
पार्टी निकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–माधवले आफ्नो स्वार्थको लागि जनता लडाएको टिप्पणी गरेका हुन् । ‘कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफै बाहिर निस्केर विरोध गर्छन्’, ओलीले भने, ‘पूर्वाञ्चलमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालका कार्यकर्ता छन् ।उनले जातीयताका नाममा उफ्रनेहरू किरात, राई, लिम्बू भएको भन्दै भने, ‘उफ्रने उनीहरू छन् उफार्ने पुष्पकमल दाहाल र माधवकुमार नेपाल हुन् ।
उनले कोशीमा प्रचण्ड र माधव नेपालहरूले नुवाकोटमा साढे जुधाएझैं जनतालाई जुधाइरहेको बताए । ‘साँढेको केही दुष्मनी हुँदैन । तर जुधाएर साँढेको सिङ भाँच्चिन्छ भनि ताली पड्काउँछन् । जनजातिका नाममा प्रचण्ड र माधव नेपाल बाहुनले साँढे जुधाइरहेका छन्’, ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले विखण्डनवादलाई राष्ट्रिय एकताको भावले जित्ने भन्दै जनतालाई अन्यायको राज हुन नदिने बताए । अन्यायको राज गर्न खोज्छ कसैले भने हामीले प्रतिवाद गर्नुपर्छ’, ओलीले भने, ‘कसैले कानुनको राज नगरेर बलजफती जनता दबाएर अन्यायको राज लाद्न खोज्छ भने त्यतिबेला हामीले प्रतिवाद गर्नुपर्छ ।
राष्ट्रको हितविपरित, राष्ट्रको सार्वभौमसत्ता विपरीत र राष्ट्रको स्वाधीनता विपरीत कसैले काम गर्छ भने त्यसलाई असफल बनाएरै छाड्ने ओलीको भनाइ छ । ‘हाम्रो भूगोल टुक्रिन हुँदैन । सग्लो देश हामीलाई चाहिन्छ त्यो हामी कायम गरेर छोड्छौ’, उनले भने, ‘विश्वले हामीलाई बहादुर भन्छ । तर आफ्नै देशको सार्वभौम सत्ता जोगाउन सक्दैनौ भने जागिरे बहादुरी के काम लाग्छ ?’
अध्यक्ष ओलीले कहिले कहिले नेपालीहरू न्यायका लागि मात्रै नभई अर्काका लागि पनि लडेको भन्दै उनीहरुले तिमीले हाम्रो नुन खाएकोले हाम्रै सोझो चिताउनुपर्छ भनेर समेत भन्न सक्ने बताए ।
ओलीको भनाइ जस्ताको तस्तै :
कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन् । उता भोट हाल्न निर्देशन गर्छन् आइसकेपछि हुँदैन भन्छन् । अनि आफ्नै कार्यकर्ता । अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालजीका कार्यकर्ता छन् । उहाँहरूले साम्रदायिकता । उफ्रने किरात, राईहरू छन् उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, माधवकुमार नेपाल अनि । यही बाहुनले । नुवाकोटमा एउटा साँढे जुधाई खेल हुन्छ । ती साँढेको केही दुस्मनी हुँदैन । भेट्या पनि होइन कहिल्यै । आ–आफ्नो थलोबाट फुकाएर अखडामा ल्याएर भिडाउँछन् । उसको भाँचिन्छ सिंह अरु चाहीँ छेउमा बसेर ताली पड्काउँछन् । प्रचण्ड र माधन नेपाल नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन् त्यो कुरा हुन दिइँदैन । जनजातिको नाममा यी बाहुनले लडाएको हेर्नुस् त त्यहाँ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply