एसिया कप खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान
११ भदौ, काठमाडौं । एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् ।
लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए । सन्दीप गएसँगै नेपाली टिम पूर्ण हुने उनको विश्वास छ ।
सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सन्दीपले एसिया कप खेलका लागि आफू फिट रहेको बताए । जीवनको कठिन समय भएपनि आफूले सकेको अभ्यास गरेको भन्दै उनले भने, ‘खेल्नका लागि म तयार छु । आशा छ, एसिया कममा राम्रो गर्ने छौं ।
टिमसँग घुलमिल हुन समय नलाग्ने भन्दै उनले एसिया कपमा राम्रो गर्ने विश्वास व्यक्त गरे ।
नेपालले पाकिस्तान र भारतसँग खेल्नेछ । सन्दीपले भने, त्यो खेलमा हार जित भन्दा पनि हामीले उहाँहरुबाट सिक्नसक्ने कुरा महत्वपूर्ण हुनेछ । हामीलाई जति आउँछ, त्यो दिल खोलेर खेल्ने छौं ।
यो खुसीको एउटा पर्व जस्तै हो किनभने हामीले सधैं यस्तो टिमहरुसँग खेल्न पाउँदैनौं’ आगामी दिनमा पनि यस्ता टिमसँग कसरी निरन्तर खेल्ने वातावरण बनाउने भन्नेतर्फ सोच्नुपर्नेमा जोड दिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply