२३ भाद्र २०८०, शनिबार १२:४०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सर्लाहीको मलंगवामा कर्फ्यु
२३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
कृष्ण अष्टमीको मुर्ति बिसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार विहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।
शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो ।
झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र हवाइ फायरसमेत गरेको थियो । शनिबार दिउँसो पनि झडपका घटना भएको र रातिको समयमा बढ्न सक्ने देखिएर पूर्वसावधानी अपनाएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
कर्फ्युको समयमा हिँडडुल गर्न र अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply