ललिता निवास प्रकरणमा १७ जनालाई धरौटीमा छाड्न आदेश
२४ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १८ मध्ये एक जनालाई साधारण तारेखमा र १७ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरलाई साधारण तारेखमा र अरु आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको हो । तुलाधरलाई भने जग्गा फिर्ता प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको भन्दै अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।
जिल्ला अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङसँग सबैभन्दा धेरै २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
त्यस्तै तत्कालिन मालपोत अधिकृत कलाधर देउजा र समरजंग कम्पनीका तत्कालिन सहायक लेखापाल विनोदप्रसाद पौडेलसँग जनही १५ लाख, तत्कालिन भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रुद्रकुमार श्रेष्ठ, शहरी विकास तथा भवन निर्माण विभागका तत्कालिन सिनियर डिभिजनल इन्जिनियर बालकृष्ण श्रेष्ठ, डिल्लीबजार नापी कार्यालयका तत्कालिन सर्वेक्षक घमनकुमार कार्की र डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन खरिदार गोपाल कार्कीसँग जनही ७ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।
त्यस्तै समरजंग कम्पनीका तत्कालिन कार्यालय प्रमुख लोकहरि घिमिरे, डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन नायब सुब्बा योगराज पौडेल, डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन खरिदार नारायणराज मिश्र, नापी कार्यालय काठमाडौंका तत्कालिन अमिन अरुणकुमार श्रेष्ठसँग ७ लाख ५० हजार धरौटी माग गरेको छ ।
तत्कालिन नापी अधिकृत ध्रुवप्रसाद अर्याल र तत्कालिन वडा सचिव शिवजी भट्टराईसँग जनही ३ लाख ३० हजार रुपैयाँ धरौटी माग गरिएको छ ।
नक्कली मोहीका आरोपित बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र सञ्जयकुमार महर्जनसँग जनही १ लाख १० हजार रुपैयाँ धरौटी माग गरिएको छ । जग्गा फिर्ता प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएका केशव तुलाधरलाई भने साधारण तारेखमा रिहा गरेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply