प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
                  
                  
                                    
                  
                  
                  
                                    
                  
                                            
         
                   
                  
            १५ कात्तिक, काठमाडौं । नेकपा एमालेको चियापान कार्यक्रममा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू लगायत विभिन्न राजनीतिक दलका नेताहरूको पुग्ने क्रम जारी रहेको छ ।
आज मध्याह्नदेखि च्यासलमा सुरू भएको चियापानको पहिलो चरणमा कार्यकर्ता र आम सर्वसाधारणहरू उपस्थित थिए। एमालेले विशिष्ट व्यक्ति र राजनीतिक दलका नेताहरूलाई दोस्रो चरणमा सहभागी हुनका लागि निम्ता गरेको थियो ।
उक्त चियापानमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई च्यासल पुगेका छन् ।
त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरू पनि एमालेको चियापान समारोहमा उपस्थित भएका छन् ।
सम्बन्धित समाचार
- 
                	    
                	    सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
                	  - 
                	    
                	    जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
                	  - 
                	    
                	    ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
                	  - 
                	    
                	    हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
                	  - 
                	    
                	    एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
                	  - 
                	    
                	    साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
                	  - माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
 - 
                	    
                	    रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
                	  - 
                	    
                	    निगुरो टिपेर लाखौं कमाई
                	  - 
                	    
                	    संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
                	  - 
                	    
                	    कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
                	  - 
                	    
                	    मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
                	  
           
          
              
              
              
              
Leave a Reply