बालुवाटारका नाममा उदाएका बिचौलिया, ठेकापट्टादेखि सरुवा–बढुवा र नियुक्तिमा यसरी हुन्छ सेटिङ

१० मंसीर, काठमाडौं । दस बर्षे जनयुद्धमा परिवार गुमाएका शहीदका परिवारको जीवनयापन कष्टकर छ । साम्यवाद ल्याउने रुमानी सपना देखाएर पढाइसमेत छाडेर जनयुद्धमा सामेल गराइएका युवाहरु खाडीको ४५ डिग्री तापक्रममा भेडा चराउन बाध्य बनाइएका छन् । जनयुद्धको क्रममा अंगभंग भएका, बमका छर्रा लागेका घाइतेहरु अहिले पनि पीडादायी जीवन बिताइरहेका छन् ।
तर तिनै शहीद, घाइते र अपाङ्गहरुको त्याग र बलिदानबाट प्राप्त गणतन्त्रमा जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन पटक प्रधानमन्त्री भइसकेका छन् । अहिले पनि उनी नै प्रधानमन्त्रीमा छन् । दलाल पूँजीवादको अन्त्यका लागि लडेको माओवादी केन्द्रको सरकारमा पनि तिनीहरुकै हालीमुहाली देखिन्छ । उनीहरुको दबदबा माओवादीका नेता–कार्यकर्ताहरुले टुलुटुुलु हेर्न विबश छन् । प्रचण्डको शासनमा पनि दलालहरुको दबदबा बालुवाटारमा ब्याप्त छ ।
विगतमा जनार्दन शर्मा अर्थमन्त्री हुँदा दीपक भट्टहरुको हालीमुहाली थियो भने अहिले गंगा दाहाल र जीवन आचार्यका नाममा सिद्धार्थ थापा, तारा सापकोटा र मनोज ढुंगेल, रामचन्द्र भट्ट ‘चन्दने’हरुको रजगज चलेको छ । ठूला ठेक्का, नियुक्ति र कर्मचारी सरुवा बढुवामा उनीहरुकै बोलवाला छ । यी बिचौलियाहरुले सत्तासिन मुख्य दुई पार्टी नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैतिर सेटिङ मिलाउने गरेका छन् । बिचौलियाहरुले सबै पार्टीमा प्रभाव जमाएर काम फत्ते गर्ने गरेका छन् । बिचौलिया धन्दाबाटै करोडौं करोड उनीहरुले कमाइ गर्ने गरेका छन् । बीएमडब्लु गाडीदेखि करोडौंका गाडी उनीहरुकै छन् ।
सिद्धर्थ थापा पंचायतकालमा ४ र २०४६ पछि पनि १ गरी पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाका नाति हुन् । सूर्यबहादुर थापाको राप्रपामा बोलवाला हुँदा पनि बिहानदेखि बेलुकासम्म भारतीय दूताबासको नाम लिने र खाली दलालीमात्र गर्ने गर्थे सिद्धार्थ थापा । राप्रपा अलि कमजोर भएपछि उनीहरुले सूर्यबहादुर थापालाई पंचहरुले ५ पटक प्रधानमन्त्री बनाएको गुन चटक्कै बिर्से, २०४६ को परिवर्तनपछि सूर्यबहादुरका छोरा सुनिलबहादुरलाई पनि राप्रपाले मन्त्री बनायो, त्यो पनि भुले । बाजेलाई ५ पटक प्रधानमन्त्री र बाबुलाई मन्त्री बनाउने आमारुपी पार्टी राप्रपालाई किन्चित लज्जा नमानी नेपाली कांग्रेसमा प्रवेश गरे ।
कांग्रेसले पनि जेलनेल भोगेका नेता–कार्यकर्तालाई उपेक्षा गरी वीपी कोइरालालाई पटक–पटक थुनाउने र छिन्ताङ काण्ड घटाउने नाइकेको रुपमा चिनिएका सुनिल थापालाई पार्टीमा ससम्मान नेतृत्वमा बिराजमान गरायो । कांग्रेस सभापति शेरबहादुर देउवाले इमान्दार नेताहरुलाई उपेक्षा गरी सुनिल थापालाई अवसर दिएका छन् । भोलि देउवाको शक्ति क्षीण भएको खण्डमा सुनिल थापाका बाबुछोरा नै सबैभन्दा पहिला डा. आरजु राणाको बिरोधी हुनेछन्, जसरी डा. स्वर्णिम वाग्ले भए । आरजु देउवाले नै योजना आयोगको सदस्य हुँदै उपाध्यक्ष बनाएका वाग्ले अन्ततः उनकै प्रखर बिरोधीमात्र भएनन्, कांग्रेसकै बिरुद्ध चुनावमा उम्मेदवार भएर प्रतिनिधिसभामा आए ।
सुनिल थापा कांग्रेसको राजनीतिमा छन्, उनका छोरा सिद्धार्थ अहिले पनि ठूला ठेक्कापट्टा, कर्मचारी सरुवा र नियुक्तिको मोलतोल गर्न होटल होटलमा डिल गर्न तल्लीन छन् । बाबु कांग्रेसको नेता भएकाले उनको आडमा बिचौलिया धन्दा गर्ने सिद्धार्थ थापा हुन् भने माओवादी केन्द्रमा राष्ट्रिय ज्वार्इँको उपमा पाएका कोशी प्रदेशसभामा सांसद जीवन आचार्य र उनकी पत्नी गंगा दाहालसँग कनेक्सन भएका रामेछापका मनोज ढुंगेलले विभिन्न ठेक्कादेखि नियुक्ति र सरुवा बढुवाको बिचौलियाको काम गर्ने गरेका छन् ।
पंचायतकालदेखि सूर्यबहादुर थापाको निकट रहेर २०४६ पछि पनि राप्रपामा लागेका इन्द्रप्रसाद ढुंगेलका छोरा हुन् मनोज ढुंगेल । उनी कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय सदस्य छन् ।
गिरीबन्धु टी स्टेटका बिचौलिया तारा सापकोटा र मनोज ढुंगेल दुबै राप्रपाकै हुन् । पछिल्लो समयमा गिरीबन्धुको काम गर्नका लागि सापकोटाले राष्ट्रपतिदेखि कांग्रेस सभापति शेरबहादुर देउवालाई मनाई बालुवाटारलाई मिलाउनका लागि मनोज ढुंगेलको सहारा लिन पुगेका छन् । मनोज ढुंगेलको प्रचण्डका ज्वाइँ जीवन आचार्यसँगको बाक्लो उठबस र सिद्धार्थ थापा र सुनिल थापासँगको सम्बन्धलाई क्यास गरी गिरीबन्धुको काम फत्ते गराउनका लागि तारामार्फत् ठूलो चलखेल सुरु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दा लागेका सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक विकल पौडेल र नेपाल दूरसंचार कम्पनीका प्रबन्ध संचालक सुनिल पौडेलले नियुक्ति लिंदा तत्कालीन संचार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र त्यतिबेलाको बालुवाटारलाई मिलाउन भनी सिद्धार्थ थापाले ४ करोड मूल्यबराबरको बीएमडब्लु गाडी उपहार लिएका थिए । त्यही गाडी प्रयोग गरी सिद्धार्थ थापा दलालीमा हिंड्ने गरिरहेका छन् ।
विकल पौडेलमार्फत् सूचना प्रविधि पार्क बनेपाको भवन निर्माणको ठेक्का मिलाइदिन्छु भनी केसी कन्ष्ट्रक्सनका रोशन केसीसँग डिल गरेका थिए । तर काम नमिलाउँदै विकल भ्रष्टाचार मुद्दा दर्ता भएर निलम्बनमा परेपछि एडभान्सबापत रोशनसँग लिएको रकम अझै फिर्ता नगरेको स्रोतको दाबी छ । बरु प्रधानमन्त्रीकी छोरी तथा बालुवाटारकी शक्तिशाली प्रमुख स्वकीय सचिव गंगा दाहाल र उनका पति जीवन आचार्यमार्फत् उक्त ठेक्का दिलाएरै छाड्ने आश्वासन रोशन केसीलाई दिंदैआएका छन् । मनोज ढुंगेल र तारा सापकोटा जीवन आचार्यमार्फत् मिलाएर उक्त ठेक्का केसी कन्ष्ट्रक्सनलाई नै दिलाउनु दौडधूपमा लागेको संचार मन्त्रालय स्रोत बताउँछ ।
मनोज ढुंगेल र तारा सापकोटाको पहुँच बालुवाटारमा कति कसिलो छ भन्ने उदाहरण त अशोक सिंहलाई आईजीपी बनाउन उनीहरुले खेलेको भूमिकाले नै पुष्टि गरिसकेको छ । चौथो वरियतामा भए पनि आईजीपी निश्चित भइसकेका सिंह उमेर विवाद र प्रमाणपत्रका कारण बन्चित हुनुपरेको थियो । मनोज ढुंगेलले बालुवाटारको नाममा सरुवा, बढुवा र नियुक्तिमा धेरै जनासँग रकम उठाएकाले माओवादी पार्टीभित्रै बिरोध भइरहेको छ । माओवादीबाट कोशी प्रदेश सरकारमा पटक–पटक मन्त्री भएका र पार्टीमा राष्ट्रिय ज्वाइँको संज्ञा पाएका जीवन आचार्यको कमल थापाको पार्टीका केन्द्रीय सदस्य ढुंगेलसँगको साँठगाँठ र अनावश्यक हस्तक्षेपले माओवादी नेता कार्यकर्ता नै आश्चर्यमा परेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply