नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
                  
                  
                                    
                  
                  
                  
                                    
                  
                                            
         
                   
                  
            १५ मंसीर, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरूद्ध उच्च अदालत पाटनमा परेका निवेदनको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । सुनुवाइ सकेर आजै आदेश आउने बुझिएको छ
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोजेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तले उच्च अदालतमा दिएका निवेदनमा निरन्तर सुनुवाइ भइरहेको छ । उच्च अदालत पाटनका रजिस्ट्रार ठगीन्द्र कट्टेलका अनुसार प्रतिवादीका तर्फबाट जवाफी बहस अन्तिम चरणमा पुगेको छ र सम्भवतः आज सकिएर आदेश आउन सक्नेछ ।
यस प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन र आशिष बुढाथोकी पुर्पक्षका लागि थुनामा छन्।
सम्बन्धित समाचार
- 
                	    
                	    सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
                	  - 
                	    
                	    जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
                	  - 
                	    
                	    ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
                	  - 
                	    
                	    हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
                	  - 
                	    
                	    एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
                	  - 
                	    
                	    साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
                	  - माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
 - 
                	    
                	    रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
                	  - 
                	    
                	    निगुरो टिपेर लाखौं कमाई
                	  - 
                	    
                	    संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
                	  - 
                	    
                	    कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
                	  - 
                	    
                	    मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
                	  
           
          
              
              
              
              
Leave a Reply