आफ्नै भवन खाली, भाडामा लिएर कमिसन खाने ?

काठमाडौं । नक्कली जग्गाधनी खडा गरी एउटाको जग्गा अर्काको नाममा नामसारी गर्नेदेखि बिक्री गर्ने चावहिल मालपोत कार्यालयमा पुनः कार्यालय भवन सार्ने नाममा कमिसनको खेल हुन थालेको छ ।
मालपोत कार्यालय चावहिलको आफ्नै भवनमा सार्नुपर्नेमा कमिसनका लागि भाडामा अर्को घरको खोजीमा कामु कार्यालय प्रमुख पद्म अर्याल र खरिदार लक्ष्मण बस्नेत तीव्रताका साथ जुटेका छन् । गंगाहिटीमा मालपोत कार्यालयको आफ्नै भवन छ । जहाँ मासिक भाडा तिर्नुपर्दैन । उक्त भवनमा कार्यालय सार्न छाडेर मालपोतका कामु प्रमुख पद्म अर्याल र खरिदार बस्नेत कमिसन कसले बढी दिन्छ त्यही घरमा कार्यालय सार्नका लागि दिनरात घर खोजीमा जुटेका छन् । उनीहरूले घर खोज्न दलाल नै प्रयोग गरेका छन् । आफ्नै स्वामित्वको भवनमा मालपोत कार्यालय सार्दा मासिक रूपमा २ लाख रूपैयाँभन्दा बढी बचत हुन्छ । तर उनीहरू आफ्नो भवनमा मालपोत सार्दा कमिसन नआउने भएपछि भाडाको घर खोजीमा जुटेका छन् । भाडाको घर खोज्दा कामु कार्यालय प्रमुख अर्याल र खरिदार बस्नेतले मासिक आफूलाई ५० प्रतिशत कमिसन दिनेगरी मोलतोल गरिरहेका छन् ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले २०७५ माघ २१ मा मालपोत कार्यालय चावहिलको छड्केमा गएकी थिइन् । उनले छड्केका क्रममा मालपोत कार्यालय भवन सार्न निर्देशन दिएको भन्दै कामु कार्यालय प्रमुख पद्म र खरिदार बस्नेत भवनको खोजीमा जुटेका छन् । मन्त्री अर्यालले आफ्नै कार्यालयमा सार्ने निर्देशन दिएको भए पनि कार्यालय प्रमुख पदम र खरिदार बस्नेतले भाडामै खोजेर सार्नू भनेको भन्दै आएका छन् । मन्त्री अर्यालले मालपोत कार्यालयको आफ्नै भवनमा सार्नु भनेको भए पनि उनलाई समेत बदनाम गर्ने काम पद्म अर्याल र लक्ष्मण बस्नेतले गरेका छन् ।
चावहिल मालपोत कार्यालयमा एक वर्षको बीचमा धेरै काण्ड घटिसकेका छन् । चन्दनकृष्ण कायस्थको नामको नक्कली वारेसनामा बनाई काठमाडौं बूढानीलकण्ठको कित्ता नम्बर ३२९ को एक रोपनी नौ आना तीन पैसा, कित्ता नम्बर ३२५ को आठ आना एक पैसा र कित्ता नम्बर ३२३ को ६ आना जग्गा धु्रव भट्टराई र श्रीकृष्ण बडुवालको नाममा पास गरेका थिए । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले चावहिल मालपोत कार्यालयको प्रमुखमा उपसचिवको दरबन्दी भए पनि शाखा अधिकृतलाई नै कामु प्रमुख दिएर राखेकी छन् । ६ महिनाअघिदेखि नै शाखा अधिकृत पद्म अर्याल चावहिल मालपोतको प्रमुख छन् । चावहिल मालपोत कार्यालयमा जान उपसचिवहरूको हानथाप भए पनि मन्त्री अर्यालले पद्म अर्याललाई नै थमौती गर्नुको रहस्य भने बुझिनसक्नु छ ।
हालका कामु कार्यालय प्रमुख अर्याल र खरिदार बस्नेत मिलेर गैरकानुनी रूपमा पचासौं रोपनी छुट जग्गा दर्ता गरेका छन् । कार्यालय प्रमुख अर्यालले खरिदार बस्नेतलाई मुद्दा फाँटमा राखेर दर्ता हुन बाँकी छुट जग्गा दर्ता गरी करोडौं रूपैयाँ घुस संकलन गरेको आरोप छ । मन्त्रिपरिषद्ले निर्णय गरेर सूचना निकालेर मात्र छुट जग्गा दर्ता गर्न पाइन्छ । तर चावहिल मालपोतमा पद्म अर्याल र लक्ष्मण बस्नेत मिलेर ६ महिनाको बीचमा पचासौं रोपनी छुट जग्गा दर्ता गरेका छन् । यसअघि छुट जग्गा दर्ता गरेको आरोपमा अख्तियारले कर्मचारी र जग्गाधनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जुन जग्गा दर्तामा खरिदार बस्नेत संलग्न भए पनि उनलाई उन्मुक्ति दिएर दर्ता गरिएको थियो । तत्कालीन अख्तियार प्रमुख दीप बस्नेतले खरिदार बस्नेतलाई उन्मुक्ति दिएर अरूविरुद्ध मुद्दा दायर गरेका थिए ।
खरिदार बस्नेत पुँजीगत लाभकर छलीदेखि विवादित जग्गा दर्ता गर्ने अति बदनाम पात्र हुन् । तर, उनलाई सात वर्षदेखि चावहिल मालपोत कार्यालयमा राखिएको छ । उनी अर्बपति खरिदारका रूपमा मालपोतका कर्मचारीबीच चिनिन्छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply