आइजीभन्दा डिआइजी ‘पावरफुल’
काठमाडौं । आइजी र डिआइजीमा को ठूलो ? सामान्य मानिसलाई पनि थाहा भएको कुरा हो कि आइजी ठूलो । नेपाल प्रहरीमा सबैभन्दा ठूलो पद नै आइजी हो । त्यसपछि क्रमैसँग एआइजी, डिआइजी, एसएसपी, एसपी, डिएसपी, इन्स्पेक्टर, सई, असई, हवल्दार, सिपाही, फलोअर्स हुन् । तर, सुन्दा अचम्म लाग्ला अहिले नेपाल प्रहरीमा आइजी सर्वेन्द्र खनालभन्दा डिआइजी विश्वराज पोखरेल पावरफूल छन् । स्रोतका अनुसार, तल्लो तहका कर्मचारीले अब यसको सात महिना त हो नि भन्दै आइजीलाई गन्दै गन्दैनन् बरु डिआइजी पोखरेलको चाकडीमा लाग्ने गरेका छन् ।
आगामी चुनाव गराउने गरी रणनैतिक हिसाबले केही महिनाअघि फुत्त डिआइजी बनाइएका पोखरेललाई अर्को असारपछिको आइजीका रूपमा हेरिएको छ । अहिलेका आइजी खनालको कार्यकाल आगामी माघ २९ मा सकिन्छ । अर्थात उनी अब सात महिना आइजीको कुर्सीमा रहनेछन् । त्यसपछि करिब पाँच महिनाका लागि ठाकुर ज्ञवाली आइजी हुनेछन् । त्यसपछि आइजीको कुर्सीमा पुग्नेछन् पोखरेल ।
स्वाभाविक हिसाबले वरिष्ठताका आधारमा पहिलो शैलेस थापा क्षेत्री, दोस्रो, हरिपाल, तेस्रो निरज शाही र चौथोमा प्रधुम्न कार्की छन् । तर, यी सबैलाई पोखरेलले तीन बल्ड्याङ खुवाउने निश्चितप्राय छ । उता, पर्यटनको क्षेत्रमा एउटा साम्राज्य नै खडा गरेका आङछिरिङ शेर्पाको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि डिआइजी पालको भविष्य पनि चकनाचुर भएको टिप्पणी प्रहरी अधिकृत वृत्तमा चल्ने गरेको छ । हुन पनि एसएसपीमा ४ नम्बरमा रहेका पाललाई डिआइजी हुँदा आङछिरिङले नै २ नम्बरमा ल्याएको चर्चा प्रहरी हेडक्वार्टरमा व्याप्त थियो । आङछिरिङले पाललाई १ नम्बरमा ल्याउन चाहे पनि आइजी खनालका कारण त्यो प्रयास असफल भएको थियो । आइजी खनालले त्यसो गर्दा अत्याचार नै हुन्छ, १ नम्बरमा त म शैलेसलाई नै गर्छु भनेपछि पाल एक नम्बर हुन नसकेको चर्चा अझै सेलाएको छैन । जसका कारण, २ नम्बरमा भएका निरज शाही र ३ नम्बरमा प्रधुम्न कार्की पछि धकेलिएका थिए । तर, पछिल्लो समय पालले आङछिरिङका दाजु सोनामसँग सम्बन्ध बढाउने प्रयास गरेका छन् । त्यसका लागि उनले सोनामकी बहिनी बन्दीनिमासँग सम्पर्क बढाएको बताइन्छ । उनको बूढानीलकण्ठमा रहेको विवादित जग्गालाई पालले शक्ति प्रयोग गरेर मिलाइदिएका थिए । त्यही सम्बन्ध प्रयोग गर्दै अहिले उनी सोनामसँग नजिक हुन थालेको बुझिएको छ । बन्दीनिमासँग पालले दुई तीन चरण मिटिङ पनि गरिसकेको बुझिएको छ । अहिले डिआइजी पाल आइजीपी खनालसँग पनि क्रुद्ध भएको बताइन्छ । उनले सिआइवी ताकेको भए पनि विशेष ब्युरोमा ल्याइएको छ । सिआइवी दुई महिनापछि पोखरेलले नै हत्याउने बुझिन्छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply