डिएसपीले सफाइ पाउँदा यिनलाई पिरलो ?
काठमाडौं । निलम्बित डिएसपी श्याम राईले सफाइ पाएका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार १४ महिनाअघि मुद्दा दायर गरेपछि निलम्बनमा परेका डिएसपी राइलाई काठमाडौं विशेष अदालतले आइतबार सफाइ दिएको हो ।
विवादास्पद पात्र सुजन पौडेलको निवेदनका आधारमा डिएसपी राईलाई मुद्दा चलाइएको थियो । डिएसपी राईलाई २०७५ असोज १९ गते सेवाग्रहीबाट टिभी किन्न भन्दै १ लाख ४० हजार घुस रकम लिएको आरोपमा पक्राउ गरिएको थियो । घुस दिने भनिएका सेवाग्राही उनै पौडेल थिए । डिएसपी राईले सफाइ पाएसँग पौडेलको धन्दा पनि झन् उदांगो बनेको छ । उनको काम भनेकै अख्तियारमा रहेका मामाको आडमा विभिन्न ठाउँमा गएर धम्स्याउने, अनैतिक काम गर्न लगाउने र नगरेमा नियोजित तरिकाले फसाउने । अख्तियारसँग सेटिङ मिलाएर पौडेलले राईको कार्यकक्षमा गएर उनको टेबुलको घर्रामा पैसा राखेर अनि अख्तियारका प्रतिनिधिलाई भित्र बोलाई रंगेहात पक्रेको नाटक मञ्चन गरेका थिए । राईलाई भ्रष्टाचार निकारण ऐनको दफा ३ बमोजिम सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ गरी मुद्दा चलाइएको थियो । तर, उनलाई घुस दिने भनिएका पौडेल सेवाग्राही भएको कतै पनि नखुलेपछि उनले सफाइ पाएका हुन् । राई मात्र होइन्, पौडेलको यो जालमा उनीभन्दा अघि नापी अधिकृत भागवत साह पनि परेका थिए । उनको फसाउने शैली एउटै थियो । २०७५ वैशाख १९ मा साँखु नापी कार्यालयका अधिकृत साहलाई अख्तियारले पक्राउ गरेको थियो । गोकर्णेश्वर नगरपालिका नयाँपाटीको ३६ रोपनी जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीबाट २ लाख ५० हजार घुस लिएको भन्दै उनलाई पक्राउ गरिएको थियो । उनलाई घुस दिने सेवाग्राही र त्यो जग्गाका धनी पनि उनै पौडेल थिए । यो मुद्दामा पनि अदालतबाट साहले सफाइ मंसिर १९ मा पाएका छन् । रोचक त के छ भने पौडेलले साहविरुद्ध दिएको निवेदनमा आफू जग्गा व्यवसायी मात्र भएको उल्लेख गरेका थिए भने राईविरुद्धकोमा भने आफू क्रसर उद्योग सञ्चालक भएको उल्लेख गरेका थिए । उनले आफ्नो उद्योग शंखरापुर नगरपालिकामा दर्ता रहेको जनाए पनि उनको नाममा नगरपालिकामा उनको नाममा कुनै उद्योग दर्ता भेटिएको थिएन् ।
हुन त २६ वर्षीय पौडेलसँग अहिले भएको सम्पत्ति सुन्दै मात्र पनि जोकोहीले उनको असलियत सहजै अनुमान लगाउन सक्छन् । उनीसँग साबिकका बालुवा, नाङ्लेभारेमा मात्र पछिल्लो समय खरिद गरेका ५०औं रोपनी जग्गा छन् । उनको सम्पत्ति कहाँ के–कति छ भन्नेबारे गत चैतमै विस्तृतमा बुधबार साप्ताहिकले समाचार लेखिसकेको छ । राई र साहले मुद्दा जितेपछि पौडेल बेचैन भएको बुझिएको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply