सबैको नजर माधव नेपालतिर
काठमाडौं । छिन्नभिन्न बनेको नेपालको कम्युनिस्ट आन्दोलन करिब साढे पाँच दशकपछि एकीकृत भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि जनादेशबाट प्राप्त उपलब्धि समाप्त हुने चिन्ता छाइरहेका बेला पार्टी पंक्तिमा वरिष्ठ नेता माधवकुमार नेपालको निर्णायक भूमिकाको खोजी सुरु भएको छ । पछिल्ला दिनमा खासगरी प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चुलिएको अन्तरद्वन्द्वले पार्टी विभाजनको खतरा उत्पन्न भएपछि नैतिकताको शिखरमा रहेका वरिष्ठ नेता नेपालको भूमिकाको खोजी भएको हो ।
प्रधानमन्त्री ओलीको निरन्तर अपमान, ओली–प्रचण्डको गठजोडमा बेलाबेला कर्नर पार्ने प्रयासका बाबजुद पार्टीलाई विधिसम्मत ढंगले सामूहिक नेतृत्वमा सञ्चालन गर्नुपर्ने निरन्तर अडानमा रहेका नेपाल पार्टीमा रहेसम्म पार्टी कुनै हालतमा विभाजन नहुने लाखौं नेकपा पंक्तिले विश्वास गर्दै आएको छ ।
कोअर्डिनेसन केन्द्र हुँदै मालेको संस्थापक नेता, २०४७ सालमा माले–माक्र्सवादी पार्टीको एकीकरणको एकजना अगुवा नेता, विभाजित मालेसँगको एकीकरण, तत्कालीन विद्रोही नेकपा माओवादीलाई जोखिम मोलेर शान्ति प्रक्रियामा ल्याउने कामको अगुवाइ मात्र होइन, संविधान निर्माणमा कुशल संयोजनकारी भूमिका खेलेका नेपालले अहिले पार्टीमा देखिएको महासंकट समाधानमा पनि नेतृत्वदायी भूमिका खेल्ने नेकपा पंक्तिले अपेक्षा गरेको छ । एकातिर नेपालले विधि, पद्धति र सामूहिक नेतृत्वको पक्षमा अविचलित अडान राख्दै आएका छन् भने अर्कातिर ओलीको अहंकार र व्यक्तिवादको पनि कडा आलोचना गरिरहेका छन् । ‘यो पार्टी एकजनाले बनाएको होइन । तपाईं–हामी सबै मिलेर, लाखौं नेता–कार्यकर्ताको योगदानबाट बनेको हो । त्यसैले पार्टीलाई विधिसम्मत ढंगले सामूहिक नेतृत्व प्रणालीका आधारमा सञ्चालन गर्नेबित्तिकै धेरै समस्या समाधान हुन्छ । व्यक्तिवाद त्यागेर सहमतिर एकताका साथ अगाडि बढ्न सकिन्छ ।’ नेपालले पछिल्लोपटक प्रधानमन्त्री ओलीलाई चेतावनीयुक्त शैलीमा आग्रह गर्दै भनेका छन् ।
त्यति मात्र होइन, नेपालले अहिलेको अवस्थामा पार्टी फोड्ने कुरा गर्ने कुनै पनि व्यक्ति अपराधी भएकाले त्यस्तालाई जनताले धिक्कार्ने र दण्डित गर्ने चेतावनी पनि दिएका छन् । लामो समय पार्टी संचालनको नेतृत्व गरिसकेका नेकपाका अग्रज नेता नेपालको पछिल्लो अभिव्यक्ति र भूमिकालाई लाखौं कार्यकर्ता पंक्तिले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
नेकपाभित्रको त्रिपक्षीय शक्तिसन्तुलनमा निर्णायक हैसियतमा रहे पनि नेपालले निरन्तर उठाउँदै आएको विधि र पद्धतिको एजेन्डा, जिम्मेवारी र भूमिका नपाएर लामो समयदेखि अन्यायमा पर्दै आएका कार्यकर्ताहरूको पक्षमा राखेको अविचलित अडानलाई ओली र प्रचण्ड दुवैले अहिलेसम्म्म सम्बोधन गरेका छैनन् । तथापि, उनले उठाउँदै आएको एजेन्डाको पक्षमा अन्ततः पार्टी पंक्ति एकाकार भएर अघि बढ्नुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । पार्टी एकताको आधार नेपालले उठाउँदै आएको एजेन्डाको पूर्ण पालना नै एक मात्र विकल्प रहेको नेकपा वृत्तमा चर्चा भइरहेको छ ।
यसबीचमा नेपाललाई प्रधानमन्त्री ओली र उनीनिकट नेताहरूले पार्टीको तेस्रो अध्यक्षदेखि प्रधानमन्त्री बनाउनेसम्मका ‘अफर’ समेत गरेका थिए । तर, पार्टीमा नियुक्ति र भागबन्डाकै लडाइँसमेत चलिरहेका बेला अविचलित रूपमा विधि र पद्धतिका पक्षमा उभिएर नेपालले आफूलाई अब्बल दर्जाको नैतिकवान् नेता भएको पुनर्पुष्टि गराएका छन् । जबकि, करिब तीन वर्षको बीचमा ओली र प्रचण्डबीच प्रधानमन्त्री र अध्यक्षकै जिम्मेवारीबीच रस्साकस्सी चल्यो भने उनीहरूको जिम्मेवारी र पदीय व्यवस्थापनका लागि सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका नेताहरूलेसमेत निरन्तर समय खर्चिनुप¥यो । नेपाल लचकदार, संयोजनकारी, नैतिकवान मात्र होइन, परिस्थितिको ठोस विश्लेषण गर्दै सही निर्णय र विषयका पक्षमा चट्टानी अडान राख्ने नेतासमेत हुन् भन्ने पटक–पटक प्रमाणित हुँदै आएको छ । तत्कालीन एमालेमा पार्टी स्थायी समितिको बहुमत नेताहरू आंशिक प्रतिगमन सच्चियो भन्ने निष्कर्षमा पुग्दा पनि महासचिवको हैसियतमा एक्लैले भए पनि लिखित रूपमा निर्णयविरुद्ध ‘नोट अफ डिसेन्ट’ दर्ज गर्ने मात्र होइन, निरंकुशताविरोधी आन्दोलनलाई गणतन्त्रसम्म पु¥याउने निर्णय गराएर आन्दोलनको माहोल सिर्जना गर्दै जंगलमा रहेको तत्कालीन माओवादीलाई शान्तिपूर्ण सडक संघर्षमा ल्याउने र राजतन्त्र छाड्न नमानिरहेको कांग्रेसलाई विधानबाट संवैधानिक राजतन्त्र हटाउन दबाबकारी भूमिका पनि खेलेका थिए ।
त्यस्तै, प्रधानमन्त्रीका रूपमा २२ वटासम्म पार्टीलाई संयोजन गरेर शान्ति प्रक्रियालाई टुंगोतिर पु¥याउन माओवादी लडाकूलाई नेपाली सेनामातहत ल्याउने निर्णायक कदम नेपालले नै चालेका थिए । नेपालले विगतमा खेलेको यस्ता दर्जनांै. लोकप्रिय कदम मात्र होइन, तुलनात्मक रूपमा इमानदार, नैतिकवान्, संयोजनकारी भूमिका खेल्ने पार्टी एकताको प्रतीकका रूपमा नेपाललाई लिन थालिएको छ । यहाँसम्म कि आफू रहेसम्म नेकपालाई कुनै हालतमा फुट्न नदिने बारम्बार घोषणा गर्दै आएकाले पनि नेकपाको अहिलेको महासंकटमा नेपालले निर्णायक कदम चाल्ने लाखौं नेकपा पंक्तिले अपेक्षा गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply