संसद विघटनविरुद्धको मुद्दामा आज जवाफी बहस हुदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर निवेदनमा आज आइतबार बाट रिट निवेदकले जवाफी बहस गर्दैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन व्यवसायीले बिहीबार बहस सकेका थिए । उनका तर्फबाट कानुन व्यवसायीहरुले उठाएका प्रश्नको जवाफ दिने गरी रिट निवेदकहरुले आजबाट बहस गर्नेछन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले बढीमा पाँच जना अधिवक्ताले मात्र रिट निवेदकका तर्फबाट उठेका प्रश्नको जवाफ दिन आग्रह गरेका छन् । तर, निवेदकहरूले भने धेरै अधिवक्ताले जवाफ दिन पाउनुपर्ने माग गरेका छन् ।
रिट निवेदकहरुले संविधान विपरित प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् भने प्रधानमन्त्रीका तर्फबाट बहस गर्न कानुन व्यवसायीले भने संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशिष्ठ अधिकार हुने जिकिर गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकको तर्फबाट ७२, सरकारको तर्फबाट ४९ र सभामुखको तर्फबाट ३ जना गरि १ सय २४ जनाले बहस गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुष ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र १७ गते मध्यावधी निर्वाचन गर्ने घोषणा गरेका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply