के भयो भारत–नेपाल नवौं परियोजना अनुगमन समिति बैठकमा ?
१ भदौ, काठमाडौं । भारत–नेपाल नवौं परियोजना अनुगमन समिति (ओभरसाइट मेकानिजम) को बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकार, परराष्ट्र सचिव भरतराज पौड्यालको सहअध्यक्षतामा सम्पन्न उक्त बैठकले गत २०७७ भाद्र १ मा सम्पन्न भएको आठौं बैठक यता गरिएका द्विपक्षीय सहकार्य परियोजनाहरुको विस्तृत रुपमा समीक्षा गरेको थियो ।
बैठकमा दुवै पक्ष विषयमा गहन छलफल गर्नुका साथै यी परियोजनाहरुको कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने कुरामा सहमत भएका थिए ।
कोभिड महामारीले निम्त्याएको अनेक अवरोधका बाबजुद पनि पछिल्लो एक वर्षमा विभिन्न विकास परियोजनामा भएका प्रगतिहरुबारे दुवै सह–अध्यक्षले बैठकमा जानकारी गराउनुभएको थियो । यसले दुई राष्ट्रबीचको द्विपक्षीय साझेदारीको शक्ति र प्रतिबद्घता र दुवै पक्षले एक अर्कालाई सहयोग र सहजीकरण गर्न देखाएको तदारुकतालाई स्पष्ट रुपमा झल्काएको छ ।
बैठकमा विशेष गरी गोरखा र नुवाकोट जिल्लामा हाल निर्माणाधीन अवस्थामा रहेको तर छिट्टै निर्माण सम्पन्न हुन लागेका आवासको पुनर्निर्माण कार्यमा भइराखेको प्रगति, नेपालका तराई क्षेत्रमा निर्माण सम्पन्न भएका १३ वटा सडकहरु, भारत सरकारको सहुलियतपूर्ण ऋण अन्तर्गत सञ्चालित सडक र प्रसारण लाइन परियोजनाहरु र अरुण–तेस्रो परियोजनामा भइराखेको सन्तोषजनक प्रगति र नेपालगञ्जमा सुरु गरिएको एकीकृत जाँच चौकीको निर्माण बारे चर्चा गरिएको थियो ।
परियोजनासँग सम्बन्धित विविध समस्याको निराकरण गर्न र परियोजना कार्यान्वयनलाई सहयोग पु¥याउन दुवै पक्षले नियमित समन्वयमार्फत ओभरसाइट मेकानिजमका निर्णयहरुमा अनुगमन गर्ने कुरामा सहमत भएका थिए ।
यसको अलावा भारतले नेपाललाई उपलब्ध गराएको औषधी, चिकित्सकीय उपकरण, बेड, आइसियु, भेन्टिलेटर र खोप लगायतका कोभिड–१९ सँग सम्बन्धित सहकार्यकोे दुवै पक्षले सराहना गरेका थिए ।
भारतको सहयोगमा सञ्चालित विभिन्न परियोजना तथा पहलहरुको प्रगति अनुगमन गर्न हेतु सन् २०१६ मा स्थापना गरिएको सो समितिको बैठकमा विभिन्न मन्त्रालय, विभाग र नेपाल सरकारका निकायहरुका प्रतिनिधि, भारतीय राजदूतावासका अधिकारी र परियोजनाको कार्यान्वयनमा संलग्न परामर्शदाता, ठेकेदार र अन्य सरोकारवालाहरुको उपस्थिति थियो ।
सम्बन्धित समाचार
-
परम्परागत इट्टालाई चुनौती दिँदै सीएसईबी प्रविधि लोकप्रिय हुँदै
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
इस्लामाबादमा ठूलो कूटनीतिक हलचल: अमेरिका–इरान वार्ता सुरु
-
नागरिक एपमा ठूलो अपडेट! डिजिटल सेवामा क्रान्ति आउँदै
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply