प्रदेश–२ सरकारमा सहभागी हुने एकीकृत समाजवादीको निर्णय

२८ भदौं, धनुषा । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले प्रदेश–२ सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
आज (सोमबार) धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले यस्तो निर्णय गरेको हो । सो बैठकबाट संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन समेत गरिएको प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिए ।
संसदीय दलको नेतामा महतोलाई चयन गरिएसँगै प्रदेश सरकारमा सहभागी हुने निर्णय गरिएको प्रदेश सचिव पौडेलले बताए । उनले भने, प्रदेश–२ सरकारमा सहभागी हुनका लागि संसदीय दलका नेता शत्रुधन महतोलाई मुख्यमन्त्री लालबाबु राउतसँग पहल गर्न जिम्मेवारी दिइएको छ ।
एकीकृत समाजवादीका प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री धर्मनाथ साहको प्रमुख आतिथ्यतामा भएको सो बैठकले वडा, पालिका र जिल्ला स्तरसम्म सशक्त ढंगले संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ । बैठकमा एकीकृत समाजवादी प्रदेश नम्बर २ का केन्द्रिय सदस्य, ८ वटै जिल्लाका अध्यक्ष र प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply