एमाले अध्यक्ष ओली र कानूनमन्त्री कार्कीबीच भेटवार्ता
१ असोज, काठमाडौं । संसदको गत्यावरोध अन्त्यको प्रयासमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेका छन् ।
बिहीबार नेकपा एमालेका अध्यक्ष ओलीलाई भेटेका कानूनमन्त्री कार्कीले बजेटसँगै महत्वपूर्ण अध्यादेशहरु पास गर्नुपर्ने भएकाले संसद सुचारु गर्नुपर्ने बताएका थिए । ओलीसँग आफ्नो लामो छलफल भएको भन्दै उनले भने, ‘संसद सुचारु गरौं । बजेट पास गरौं । अघिल्लो सरकारले ल्याएका धेरै महत्वपूर्ण अध्यादेशहरु छन्, त्यसलाई चाँडै पारित गरौं भनेर आग्रह गरेको छु ।
तर एमालेले भने यथास्थितिमा ४ असोजका लागि बोलाइएको बैठकमा पनि अवरोध कायमै राख्ने बताएको छ ।
आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर दल विभाजनमा भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएर २३ भदौयता संसदमा नाराबाजी गर्दै आएको छ । एमालेको नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी ऐन र बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भयो ।
तर ३० भदौभित्र प्रतिस्थापन विधेयक पास नभएका कारण सरकारले खर्च गर्न नपाउने अवस्था आएको छ ।
संसदको अवरोध हटाउने प्रयासमा सभामुखले सर्वदलीय बैठक बोलाएका थिए, तर एमाले सहभागी नै भएन । यद्यपि सत्तापक्षसँग सम्वाद गर्न भने आफूहरु तयार रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ‘त्यसअनुसार कुराकानी भइरहन्छ, तर मुद्दामा कुनै प्रगति भएको छैन, उनले भने ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply