एमाले अध्यक्ष ओली र कानूनमन्त्री कार्कीबीच भेटवार्ता
१ असोज, काठमाडौं । संसदको गत्यावरोध अन्त्यको प्रयासमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेका छन् ।
बिहीबार नेकपा एमालेका अध्यक्ष ओलीलाई भेटेका कानूनमन्त्री कार्कीले बजेटसँगै महत्वपूर्ण अध्यादेशहरु पास गर्नुपर्ने भएकाले संसद सुचारु गर्नुपर्ने बताएका थिए । ओलीसँग आफ्नो लामो छलफल भएको भन्दै उनले भने, ‘संसद सुचारु गरौं । बजेट पास गरौं । अघिल्लो सरकारले ल्याएका धेरै महत्वपूर्ण अध्यादेशहरु छन्, त्यसलाई चाँडै पारित गरौं भनेर आग्रह गरेको छु ।
तर एमालेले भने यथास्थितिमा ४ असोजका लागि बोलाइएको बैठकमा पनि अवरोध कायमै राख्ने बताएको छ ।
आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर दल विभाजनमा भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएर २३ भदौयता संसदमा नाराबाजी गर्दै आएको छ । एमालेको नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी ऐन र बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भयो ।
तर ३० भदौभित्र प्रतिस्थापन विधेयक पास नभएका कारण सरकारले खर्च गर्न नपाउने अवस्था आएको छ ।
संसदको अवरोध हटाउने प्रयासमा सभामुखले सर्वदलीय बैठक बोलाएका थिए, तर एमाले सहभागी नै भएन । यद्यपि सत्तापक्षसँग सम्वाद गर्न भने आफूहरु तयार रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ‘त्यसअनुसार कुराकानी भइरहन्छ, तर मुद्दामा कुनै प्रगति भएको छैन, उनले भने ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply