उपत्यकाका सीडीओहरुको बैठक बस्दै, जोरबिजोर प्रणालीलाई थप व्यवस्थित बनाउने
१४ माघ, काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी हरुको बैठक बस्दै छ । शुक्रवार मध्यान्ह जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ३ जिल्लाका प्रजिअहरुको बैठक राखिएको छ ।
काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्नेबारे छलफल गरेर निणर्य लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए ।
अहिले तत्काल जोर बिजोर हटाउने निणर्य गर्दैनौं’ प्रजिअ रिजालले भने-‘व्यवस्थित कसरी गर्ने भन्नेबारे ललितपुर र भक्तपुर जिल्लाको पनि फिडव्याक लिएर निणर्य लिन्छौं । शनिवार नेपाल र मौरिसस बीचको फुटबल हुँदैछ । सो प्रतियोगितामा दर्शक पनि उपस्थित गराउने गरी अनुमति दिन अखिल नेपाल फुटबल संघले स्थानीय प्रशासनलाई आग्रह गरेको छ । प्रजिअ हरुको बैठकमा त्यसबारे पनि छलफल हुनेछ ।
विद्यालय सञ्चालनको अनुमति दिनका लागि स्कुलहरुले स्थानीय प्रशासनलाई दबाव दिएका छन् । रात्रिकालीन व्यवसाय गर्नेहरुले पनि व्यवसाय सञ्चालनको अनुमति दिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply