कांग्रेसको निष्कर्ष : अन्योल हटाएर एमसीसी अघि बढाउने, गठबन्धनबारे तत्कालै नबोल्ने
२७ माघ, काठमाडौं । एमसीसीको विषयलाई लिएर सत्तारुढ गठबन्धनको विषयमा भइरहेको टीकाटीप्पणीविरुद्ध नेपाली कांग्रेसको कार्य सम्पादन बैठकमा छलफल भएको छ ।
कांग्रेसका पार्टी प्रवक्ता प्रकाशशरण महतले गठबन्धनको विषयमा अहिल्यै निणर्य गर्ने बेला नभएको बताएका छन् । बैठकमा भएको छलफल र निणर्यबारे जानकारी दिँदै उनले गठबन्धनबारे उपयुक्त निणर्य गर्ने बेला भइनसकेको बताएका छन् । गठबन्धनको विषयमा निणर्य गर्ने बेला भएको छैन । सबै दलले आफ्नो आधारबारे मूल्यांकन गर्लान् । उपयुक्त समयमा निणर्य आउँछ’ उनले भने ।
नेपाली कांग्रेसले एमसीसीलाई अन्योल बनाइराख्न नहुने बताएको छ । प्रवक्ता डा. महतले एमसीसीलाई अन्योल बनाउन नहुने र संसद्लाई निणर्य गर्न दिनुपर्ने बताए ।
एमसीसीलाई अघि बढाउने कुरामा पार्टीको विमति छैन । सरकार लागिरहेको छ । संसद् नै सर्वोच्च निकाय हो । यो विषय पनि त्यहाँ प्रवेश गरियो भने जनतामा अफवाह फैलिरहेको छ । जनताका प्रतिनिधिले गुण र दोषको आधारमा निणर्य गर्नुहोला नि त । यो विषय अन्योल राखिनु हुँदैन, उनले भने । संसदमा छलफल भए ठूलो बहुमतका साथ पारित हुनेमा आफू विश्वस्त रहेको उनले बताएका छन् ।
त्यस्तै बैठकमा स्थानीय निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउने, भातृसंस्था र शुभेच्छुक संस्थाबारे के गर्ने विषयमा छलफल भएको उनले बताए । उनले विधानसम्मत सबै संगठनलाई प्रभावकारी बनाउने निणर्य भएको बताए । त्यस्तै एमसीसी र संसद गतिरोधका विषयमा पनि छलफल भएको प्रवक्ता महतले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply