फोहोरको विषयमा भोलि स्थानीय वासिन्दासँग वार्ता
२६ जेठ, काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा शुक्रबार स्थानीय वासिन्दासँग छलफल हुने भएको छ ।
काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिसँगै स्थानीय वासिन्दा पनि छलफलमा सहभागी हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीका प्रेस संयोजक विष्णु राईगाईंका स्थानीय वासिन्दा, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको सर्वपक्षीय छलफल हुन लागेको हो । ‘मन्त्री रामकुमारी झाँक्री सहित मन्त्रालयका सचिव, महाशाखा प्रमुख पनि वार्तामा बस्छन् । भोलिको बैठकले केही ठोस निर्णय गर्ला’ उनले भने ।
यसअघि गत सोमबार शहरी विकास मन्त्रालय, उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्र पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच सहमति भएको थियो । तर उक्त सहमतिमा स्थानीय वासिन्दाले चित्त नबुझाएपछि फोहोर लिएर गएका ट्रकमा अवरोध गरेका थिए ।
फोहोर बोकेको गाडीलाइृ अवरोध गरेको आरोपमा प्रहरीले बञ्चरेडाँडा क्षेत्रका केही स्थानीय वासिन्दालाई बुधबार पक्राउ गरेको थियो । पक्राउ परेकाहरु बिहीबार रिहा भएका छन् ।
पक्राउ परेका स्थानीय वासिन्दा श्रीराम ढुंगानाले आफूहरु रिहा भएको र बिहीबार वार्ताका लागि बोलाइएको बताए । हामीलाई भोलि मन्त्रालयमा वार्ता गर्न भन्दै प्रहरीले रिहा गरेको छ । भोलि बोलाए भने हामी जान्छौं’ उनले भने ।
ढुंगानाले स्थानीय बासिन्दाले लामो समयदेखि उठाउँदै आएको मागबाट आफूहरु पछि नहट्ने बताए । नुवाकोट र धादिङमा फोहोरबाट प्रभावित भएका ४ सय स्थानीयलाई रोजगारी दिनुपर्ने, प्रभावित क्षेत्रमा भएको गुठी सम्बन्धी समस्या समाधान गर्नुपर्ने, बञ्चरेडाँडाको वरिपरि ३ हजार मिटर क्षेत्र अधिग्रहण गर्नुपर्ने र अधिग्रहण नगरे स्थानीय वासिन्दालाई अन्यत्र जग्गा दिनुपर्ने स्थानीय वासिन्दाको माग छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply