घनश्यामले किन साथ दिएनन् वामदेवलाई ?
काठमाडौं । विगत लामो समयदेखि सुख–दु:खमा एक साथ रहँदै आएका र बैचारिक मामिलामा एकै ठाउँमा उभिएका एमाले उपाध्यक्ष वामदेव गौतमलाई युवा नेता घनश्याम भुसालले किन साथ दिएनन् होला ? महाधिवेशनको मुखमा भुसालले बुधबारसँग यसको विस्तृत विवरण खोलेका छन् ।
‘तपाईं त वामदेव गौतमको भनेर ‘ट्याग’ लागेको मान्छे अहिले कसरी फरक–फरक हुनुभयो ?’ भन्ने प्रश्नमा भुसालको जवाफ छ– ‘वामदेवजीसँग मैले लामो समय नजिक रहेर काम गरिनँ । पार्टी विभाजनअघि उहाँसँग मेरो व्यक्तिगत कुनै सम्बन्ध थिएन । मलाई महाकाली लगायतका मुद्दामा चित्त बुझ्यो, म वामदेवजीसँग लागें । त्यो पार्टीमा गएर पनि उहाँसँग मेरो त्यस्तो व्यक्तिगत सम्बन्ध बनेन । बरु, उहाँसँग आठौं महाधिवेशनपछि र अझैं खासगरी झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने अभियानमा लागेदेखि व्यक्तिगतरुपमा अलिक नजिक भएँ । अहिले पनि म वामदेवजीलाई नेकपा (एमाले)ले नयाँ समय र परिस्थितिमा लिनुपर्ने विचारका प्रश्नमा असाध्यै ‘रिसेप्टिभ’ र विचारका एक अगुवाका रुपमा सम्मान गर्छु । तर उहाँले विचार एउटा नेता अर्को भन्ने जुन फर्मुला बनाउनुभयो, त्यो फर्मुलासँग म सहमत हुन सकिनँ ।’
समकालीन नेताहरुमध्ये सिद्धान्तका मामिलामा माधव नेपालसँग कुरा मिलेका कारण आफूहरुले उहाँलाई अध्यक्षको उम्मेदवार घोषणा गरेको पनि भुसालले बताए । ‘अरुसँग कुरा मिलेन, उहाँसँग कुरा मिल्यो’– उनले भने– ‘त्यसैले उहाँलाई नेता मानेका हौं ।’
पार्टीभित्र लामो समय किनारामा रहेका भुसाल नेपाली समाजको व्याख्याका सन्दर्भमा आफ्नो विचार एमालेले अंगीकार गरेकोमा प्रफुल्ल छन् । ‘१५ वर्षसम्म लगातार गरेको मिहिनेतले काम गरेको छ’– बुधबारसँग उनले भने– ‘यसबीचमा मैले सन्तुष्ट हुने गरी मिहिनेत गरेको छु ।’
भुसालसँगको विस्तृत कुराकानी भोलीको बुधबार साप्ताहिकमा प्रकाशित हुनेछ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply