बाढीपहिरोले सिन्धुपाल्चोकमा यातायात सेवा अवरुद्ध
५ साउन, काठमाडौं । गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डका ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ ।बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक भत्काएको छ । यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाटाहरु अवरुद्ध भए पनि जिल्लामा मानवीय र भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।गएराति भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना जारी गरेको थियो । सो सूचना अनुसार प्रभावित क्षेत्रका बासिन्दा रातभर घर बाहिर बस्न बाध्य भएका थिए ।
गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोटे र आसपासमा भारी वर्षा मापन भएको थियो । जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply