एमालेमा भित्रिए लमजुङका कांग्रेस र माओवादीका यी प्रभावशाली नेता
१३ साउन, काठमाडौं । नेपाली कांग्रेस लमजुङका नेता द्वारिकाप्रसाद मिश्र र माओवादी निकट प्रेस सेन्टर लमजुङका अध्यक्ष रुद्र ढकाल र जसपाका लक्ष्मी मिश्रसहित ११० जना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
कांग्रेस नेता मिश्र २८ वर्षपछि पुरानै घर फर्किनुभएको हो । २८ वर्षसम्म नेपाली काँग्रेसमा आवद्ध भई सुन्दरबजार नगर समितिका सभापति, २०७४ मा स्थानीय निर्वाचनमा प्रमुखमा स्वतन्त्रबाट उम्मेदवार भएका मिश्र तरुणदल लमजुङका पूर्व सचिव हुनुहुथ्यो।
मिश्रको शुरुवाती राजनीति भने एमालेबाटै सुरु भएको थियो । मिश्रले बिहीबार सुन्दरबजारमा पत्रकार सम्मेलन गरी नेपाली काँग्रेसहित विभिन्न पार्टीबाट १०९ जना एमालेमा प्रवेश गरेको घोषणा गर्नुभएको हो । त्यस्तै, प्रेस सेन्टर लमजुङका अध्यक्ष ढकाल पत्रकार महासंघ जिल्ला सचिव समेत हुनुहुन्छ।
त्यस्तै जिल्ला समन्वय समिति लमजुङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।बिहीबार भएको मतदानमा कुल १६ मतादाता रहेकोमा एमालेको मात्रै बहुमत ९ मत रहेकोमा गठवन्धन भत्काउँदै एमालेको पक्षमा १० मत प्राप्त भइ प्यानल नै विजयी भएको हो । एमालेका पुर्ण गुरुङ १० मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका मुरली कुमालले ६ मत प्राप्त गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply