२७ कार्तिक २०७९, आईतवार ११:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रवि लामिछानेको चुनाव प्रचार टोलीमाथि आक्रमण
२७ कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानको गाडीमा आक्रमण भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा चुनावी अभियानका क्रममा रवि लामिछानेको चुनावी अभियान टोलीको गाडीमा आक्रमण भएको प्रहरीले जनाएको छ ।
चितवन प्रहरीका अनुसार प्रहरी अहिले घटनास्थलमा छ । रविको अवस्थामा सकुशल रहेको प्रहरीले जनाएको छ । सवारी चालक र एक जना सहयोगी सामान्य घाइते भएका छन् । ढुंगामुढा प्रहारले गाडीमा क्षति पुगेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताहरूले गठबन्धनका कार्यकर्ताहरूले आक्रमण गरेको आरोप लगाएका छन् । उनीहरूले आफूहरूसँग भिडियो पनि रहेको बताएका छन् । अहिले भिडियो प्रहरीलाई उपलब्ध गराइएको र पछि सार्वजनिक गरिने उनीहरूको भनाइ छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply