राष्ट्रपतिबारे प्रचण्डले आज ओलीसँग निर्णायक वार्ता गर्ने
![राष्ट्रपतिबारे प्रचण्डले आज ओलीसँग निर्णायक वार्ता गर्ने राष्ट्रपतिबारे प्रचण्डले आज ओलीसँग निर्णायक वार्ता गर्ने](https://ebudhabar.com/wp-content/uploads/2023/02/oli-prachand-e1676521523184-1024x625.jpg)
१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भावी राष्ट्रपतिको विषयमा सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज (शुक्रबार) निर्णायक वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले आज ओलीसँग निर्णायक वार्ता गर्न लागेका हुन् ।
हिजो साँझ सिंहदरबारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीचको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको जानकारी दिंदै सहमति भने जुटिनसकेको बताएका थिए ।
उनले छलफल चलिरहेको र कुन दलले राष्ट्रपति पाउने भन्ने टुङ्गो भइनसकेको बताएका थिए । उनले शुक्रबार ओलीसँग फाइनल वार्ता हुने बताउँदै नेकपा ब्युँताउने वा पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे केही टुङ्गो नभएको बताएका थिए ।
प्रचण्डले त्यसअघि आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि वार्ता गर्ने भएका छन् । हिजो सिंहदरबारको बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेकाले यस विषयमा कांग्रेससँग पनि छलफल गर्न लागिएको हो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply