आईसीसी लिग २ : यूएईसँग भिड्दै नेपाल

२ चैत,काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल युएईसँग खेल्दैछ ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको खेल मैदानमा बिहान साढे ९ बजेबाट शुरु हुने खेल जितेर विश्वकप छनौट प्रतियोगितामा स्थान बनाउने लक्ष्यका साथ नेपाल मैदान प्रवेश गर्दैछ ।
यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ । लिग–२ को अन्तिम श्रृङ्खलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुन-जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ । यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ ।
नेपाल र यूएईबीच अहिलेसम्म १२ एकदिवसीय खेल भएको छ । जसमा समान छ खेलमा जित र हार छ । नेपालले पछिल्ला दुवै खेलमा यूएईलाई हराएको छ । नेपाल लिग–२ मा ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ चौथो स्थानमा छ । नेपालभन्दा अगाडि ३९ अङ्कका साथ नामिबिया तेस्रो र नेपालभन्दा पछि ३५ अङ्कका साथ अमेरिका पाँचौँ स्थानमा छ ।
नेपालले यूएईलाई हराउन सकेमा ४० अङ्क हुनेछ । ४० अङ्क जोड्न सकेमा नेपालले नामिबियालाई पछि पार्दै शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोट खेल्न पाउनेछ । स्कटल्यान्ड ५० अङ्कका साथ च्याम्पियन र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्व कप छनोटमा पुगिसकेका छन् । अमेरिका ३५ अङ्कका साथ पाँचौँ, यूएई ३५ खेलमा ३३ अङ्कका साथ छैटौँ र पपुवा न्युगिनी ११ अङ्कका साथ पुछारमा छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply