रवि लामिछानेविरुद्ध पासपोर्ट मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय
६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानीको कसुरमा मुद्दा नचलाउने निर्णय भएको छ ।
महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सञ्जीव रेग्मीका अनुसार लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय सदर भएको छ ।
यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको थियो । सोही आधारमा सरकारी वकिलले लामिछानेविरुद्ध मुद्दा दायर नगर्ने निर्णय गरेको थियो ।
जिल्लाको सो निर्णय उच्च सरकारी वकिल कार्यलय पाटनमा जानकारी गराइएको थियो । उच्चले समेत लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै महान्यायाधिवक्ता कार्यालयमा पत्राचार गरेको थियो । महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा दायर गर्नु नपर्ने निर्णय गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply