चितवन २ मा मंसिर ४ कै जस्तो नतिजा आए दोस्रोपटक उपनिर्वाचन हुन्छ – योगेश भट्टराई
३ वैशाख,काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा गत मंसिरमा भएको चुनावको जस्तो नतिजा आए पुनः उपचुनाव हुनसक्ने आशंका व्यक्त गरेका छन्।
एमाले सचिव भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति संकेत गर्दै फेरि पनि उनले जिते चितवन–२ मा पुनः चुनाव गराउनुपर्ने अवस्था आउने टिप्पणी गरेका हुन्।
गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा विजयी भई गृहमन्त्रीसमेत बनेका रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि दुवै पदबाट बर्खास्त भएका थिए। प्रक्रियाबमोजिम पुनः नेपाली नागरिकता लिएर उपचुनावमा पनि उम्मेदवार बनेका उनको दोहोरो राहदानी विवाद कायमै छ। यद्यपि महान्यायाधिवक्ताको कार्यालयले यस प्रकरणमा मुद्दा चलाउनुनपर्ने देखिएको ठहर गरिसकेको छ।
चुनाव प्रचारका क्रममा चितवन आएका एमाले सचिव भट्टराईले आइतबार बिहान प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा रास्वपा सभापति लामिछानेले कानुन उल्लंघन गर्दा चितवन २ मा उपनिर्वाचन गर्नुपरेको बताउँदै पुनः उनी नै विजयी भए फेरि उपचुनाव हुने दाबी गरेका हुन्।
अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन्छ, नेता भट्टराईले पत्रकार सम्मेलनमा भने, यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन, मतदाताको केही दोष छैन, दोष त आफ्ना कागजात ठीकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो।
रविकै कारण चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ। जहाँ रविसहित सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेलगायत उम्मेदवार छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply