टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा
२६ वैशाख, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको ललितपुरस्थित घरमा प्रहरीले खानतलासी गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खानतलासी गरेको हो । रायमाझीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा बिचौलियाहरुबाट करोडौं रकम बुझेको आरोप टोपबहादुर र छोरा सन्दीपमाथि लागेको छ ।
टोपबहादुर गत वैशाख २० गतेदेखि गायब छन् । उनका छोरालाई प्रहरीले त्यही दिन बुटवलबाट पक्राउ गरेर हिरासतमा लिइसकेको छ । बिचौलियाहरुले सन्दीपको नाममा चार वर्षअघि डेढ करोडको चेक काटेका थिए ।
प्रहरीलाई झुक्याएर बच्न सफल नेकपा एमालेका सचिव, सांसद एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भारतमा पुगेको निष्कर्ष निकालिएको छ । उनी भैरहवा हुँदै भारतको गोरखपुर पुगेको प्रहरीले निष्कर्ष निकालेको छ ।
प्रहरीले भारतमा एउटा टोली नै खटाएर टोपबहादुरलाई खोज्ने रणनीति बनाएको प्रहरीको उच्च स्रोतले बतायो । गत साताको बुधबार टोपबहादुरलाई पक्राउ गर्न पुर्जी जारी भएको भए पनि टोपबहादुर भने निर्वाध रुपले अर्घाखाँचीबाट सभामुख देवराज घिमिरेसँग सँगसँगै बुटवल आएर काठमाडौँ आउँदा पक्राउ पर्ने भयले भैरहवाबाट बेपत्ता भएका थिए । अहिलेसम्म नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय रहेको आरोपमा गिरोहका आठ जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply